राइजिङ स्टार युथ क्लबको भलिबल प्रतियोगिता सुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २५ गते २०७४ मा प्रकाशित


पोखरा(खोलाडीन्युज)पुस २५ गते –
पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले माघे सक्रान्तिको अवसर पारेर आयोजना गरेको पुरुष भलिवल प्रतियोगिता मंगलवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगिताले भाईचाराको भावना विकास गराउने भएकाले अनुशासित भएर मर्यादित ढंगले खेलमा सहभागी हुन आग्रह गरेका थिए ।

क्लवका अध्यक्ष विष्णुप्रसाद गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रिठेपानी सहकारीका अध्यक्ष यमप्रसाद गरुङ,लिटल फलावर एजुकेसनल एकेडेमीका प्रिन्सिपल विष्ण्ुाहरि पौडेल,तालचोक युवा क्लवका निर्वतमान अध्यक्ष जितेन्द्र क्षेत्री लगाएतले सफmलताको शुभकामना दिएका थिए । जम्मा २० टिमको सहभागीता रहेको प्रतियोगिताको उद्घाटन खेल आयोजक राईजिङ स्टार र वडा नं २९ पट्नेरी भलिवल क्लवका विच भएको सचिव श्याम खनालले जानकारी दिएका छन् । प्रतियोगितामा प्रथम हुने समूहले रु २५ हजार , द्धितीय हुने समुले रु १५ हजार साथमा मेडल प्राप्त गर्ने र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक अञ्चल गुरुङले बताएका छन् ।