काराबाओ कपको पहिलो लेगमा ब्रिस्टल पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०७४ मा प्रकाशित


एजेन्सी, पुस २६ गते
काराबाओ कपको सेमिफाईनलको पहिलो लेगमा म्यानचेष्टर सिटीले ब्रिस्टल सिटीलाई २—१ गोल अन्तरले पराजित गरेको छ । जारी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको सिटीलाई ब्रिस्टोलले ४४ औं मिनेटमा गोल गर्दै दवाव सृजना गर्यो। इत्तिहाड स्टेडियममा भएको खेलमा बोबी रेडले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ब्रिस्टल सिटीलाई अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा उत्कृष्ठ प्रदर्शन गरेको केभिन डे बु्रनेज गोल गरेपछि सिटीमा खेलमा फर्किएको थियो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका सर्जियो अगुइरोले गरेको हेडिङ गोल भएपछि सिटी खेलले पहिलो लेगमा स्पष्ट जित निकाल्यो । अगुईरोले खेलको इन्जुरी समय (९०+२) मिनेटमा गोल गरेका थिए ।