जसले बसाल्यो हकीको जग

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २६ गते २०७४ मा प्रकाशित


धन बस्नेत
‘भूपी शेरचनस“ग एकदिनमात्रै क्रिकेट खेल्ने अवसर पाए“’ डा. विरेन्द्रसिंह गुरुङ सम्झन्छन—‘त्यसपछि खेल्ने अवसर नै भएन । एउटा व्याट थियो । स्टम्प पनि । एउटा ठाउ“मा गाडेर खेल्थे । अरु भने हेरेर रमाउ“थे ।’ कवि भूपी शेरचनले पुरानो टुडिखेलमा खेल्थे । भूपीस“ग चन्द्र घले लगायतका हुन्थे ।
काठमाडौंको नोकरी छोडेर पोखरा आएका गुरुङले आफनो खेलकुद चाहनालाई पुरानो टुडिखेलमा पोखिदिए । त्यतिबेला क्रिकेट भर्खर शुरुवात भएको थियो । २०२६ सालमा पोखरा आएका उनले सिधैं पृथ्वीनारायण क्याम्पसमा पढाउने रोजगारी मिल्यो । विहान दिउ“सो पढाउथे तर पैसा एउटै हुन्थ्यो । सरकारीकरण हुदैं गएपछि माग समेत बढ्ने प्रचलन थियो । ‘२०२७ सालमा क्याम्पसभित्र छाप्रो बनाई नीजि क्र्वाटरको रुपमा बस्न थाले’ उनी भन्छन्—त्यतिबेला चन्द्र गुरुङ सबैभन्दा मिल्ने थिए ।’ क्याम्पस स्थापनाको एक दशक पुगेको थियो । विद्यार्थीहरु समेत केही गर्नुपर्छ भन्ने भावनाका थिए ।
क्याम्पसको क्षेत्रफल ठूलो थियो । पढाई निरन्तरतास“गै मनभित्रको खेलकुद ईच्छा क्याम्पसमा आएर पोखियो । ०३४ सालमा हकी खेल्न थाल्यौं । त्यतिबेला मेहन्द्रसिंह थापा, रन्जित गुरुङ,चन्द्र गुरुङ स्पोर्टस टिचर बन्यौं । सबै हकी खेल्न थालियो । क्याम्पसभित्रै मैदान बनाईयो । क्याम्पस गेट प्रवेश गरेलगत्तै बाटोको उत्तर तर्फ र अहिलेको फुटबल मैदान भन्दा दक्षिण तर्फ मैदान निर्माण गरियो । मैदानमा नियमित प्रशिक्षण हुन्थ्यो । टिचर स“गै विद्यार्थीको उत्सुकता थियो । ‘गोरखपुरमा पुगेर क्रिकेट र हकीको व्याट ल्याई सिकायौं ।’ हकी खेलको विस्तार राम्ररी गरेपछि टेनिसलाई पनि उजागार गरियो । ‘जर्ज जोन र मस“ग मात्रै ¥याकेट थियो ।’उनले सम्झिए—‘कोर्ट बनाईयो । पछि नारायण कार्की, अशोक पालिखे, उमेश शर्मा आकर्षित भए ।’
………………
राजधानीपछि हरेक खेलकुद गतिविधि सञ्चालन हुन्छन् । राजधानीमा खेलिदैं आएको खेल अन्य शहरमा भन्दा पहिला पोखरामा भित्रिन्छ । त्यसको प्रवद्र्धन भएपछि मात्रै मोफसलका शहरमा प्रवेश हुन्छ ।
पोखरामा खेलिने खेलमध्ये हकी पुरानो खेल मध्ये पर्छ । हकीको शुरुवात २०३४÷०३५ सालमा हो । क्याम्पसमा केही प्राध्यपकले शुरुवात गरेपछि विद्यार्थीमा आकर्षण बढेको थियो । विद्यार्थीलाई समेत प्रशिक्षण दिएपछि ०३७ सालमा क्याम्पसभित्रै वार्षिकोत्सवको अवसरमा अन्तरसदनात्मक हकी, टेनिस लगायतका खेलहरु हुन्थ्यो । फुटबलको क्रेजस“गै हकीको क्रेज पनि निकै थियो ।
पोखरामा हकीको शुरुवात डा. विरेन्द्रसिंह गुरुङले गरेका हुन् । उनले हकीको जग बसाल्न क्याम्पसभित्रै मैदान समेत निर्माण गरे । ‘क्याम्पसभित्रको बनाइएको मैदान नै एकमात्र हकी मैदान हो’ उनी सम्झन्छन्—‘त्यो बाहेक पोखरामा अन्यत्र हकीको लागि मैदान छुट्टाईएको छैन् ।’ पोखरा रंगशालमा भौतिक पुर्वाधार तयार पार्न गुरुयोजना बनाईपनि हकीको लागि भने मैदान छुट्टाइएको छैन् । हकीको ईतिहास जति गर्विलो छ अहिले त्यो केवल मानसपटलमा मात्रै । अहिले नियमित प्रशिक्षण समेत हुदैंन् ।
…………
ठा“उले पाकिस्तान, जन्मले भारत र कर्मले नेपाली । डा. गुरुङको जन्म भारतको हिमाञ्चल प्रदेशको भाक्सु भन्ने ठाउ“मा भएको थियो । सन १९४१ मा जन्मिएका गुरुङका पुर्खा इण्डियन व्रिटिस हुन् । कुमाउ गढवाल जित्दै अगाडि बढेको गोर्खाली फौज युद्धस“गै बस्ती बसाउ“दै अगाडि बढ्यो । उनी जन्मिएको भाक्सु अहिले पाकिस्तानको अबटावादमा पर्छ । सन १९४७ मा भारत स्वतन्त्र हुने क्रममा भाक्सु पाकिस्तानमा परेपछि गुरुङका अभिभावकहरु फेरी हिन्दुस्तान फर्किएका थिए । उनीस“गै चारभाइको जन्म भाक्सुमै भएको थियो ।
सात कक्षासम्मको अध्ययन उनको जन्मस्थान भाक्सुै भयो । उच्च शिक्षा र कलेजको अध्ययन झारखण्डको रा“चीमा पुरा गरे । कलेज अध्ययनको क्रममा उनीपनि भारतीय सेनामा भर्ती हुने प्रयासमा जुटे । सेनामा सबै परीक्षा सकेर आखा“को परीक्षणको क्रममा फालिए । त्यसपछि उनको आर्मी बन्ने सपना तुहियो । आखा“मा ‘कलर ब्लाईन्ट’ देखियो अर्थात रंग छुट्टाउन नसक्ने ।
उनी भारतमै रहदा“ माईली बहिनी विश्वविद्यालयमा पढाउथिन् । उनकै बोलावटमा नेपाल प्रवेश गरे । नेपाल प्रवेश गर्दा उनको उमेर केवल २३ वर्षको मात्रै थियो । युवावस्ता र शिक्षित पनि । केही गर्ने मनभित्र थियो । अग्रेजी समेत बोल्न र लेख्न जान्ने भएपछि रोजगारीको लागि खासै समस्या भने उनमा थिएन् । २०२१ सालमा नेपाल प्रवेश गरेपछि काठमाडौंको सिदार्थ बनस्थलीमा सहायक प्राध्यापक रहे । केही महिनापछि उनी विद्यालय प्रधनाध्यापक समेत बने ।
खेलकुद कलेजस्तरमै सिकेका थिए हकी,टेनिस । सिके पनि खेल्ने अवसर भने पाएका थिएनन् । मनभित्रमात्रै कुण्ठित थियो । प्रधनाध्यापक हुदैंको अवस्थामा विद्यालयले विद्यार्थी र शिक्षकसहित पिकनिक जाने निधो भयो । पिकनिकको खर्च विद्यालयले व्यहो¥यो शिक्षकहरुले पछि तिर्ने सहमतिमा । पिकनिक सकिएको केही समयपछि शिक्षकस“ग पौसा मागियो । तर दिएनन् । नजिकका साथीभाइले मात्रै दिए ।
विद्यालयको पैसा असुल गर्न उनले शिक्षकको तलब कट्टा गरिदिए । असन्तुष्ट शिक्षकहरुले तलब कट्टा गरेको उजुरी दिए । ‘उजुरी दिएपछि दुईवटा घोडामा आएका सेनाले खामबन्दी चिठी थमाए । भित्र पढें दरबारबाट पठाइएको रैछ ।’ उनले विगत सम्झदैं भने—‘तत्कालिन विद्यालय व्यवस्थापक डा. त्रैलोक्यनाथ उप्रेतीसित छलफल गरे । उप्रेतीले राजीनामा दिन लगाए मैले दिए ।’ सामान्य विषयलाई दरबारबाटै चिठी आएपछि एकपटक झसङ्ग झस्किए“ । ‘त्यतिबेला तलब समेत किस्ताबन्दीमा दिन्थे ।’
………..
स्कुल पढाउ“दा समेत नागरिकता थिएन् । सबैभन्दा पिडाको क्षण थियो । नेपाली नागरिकको अभावले पिल्सिरह“दे । नागरिकताकै अभावमा विद्यालय छोड्नुप¥यो । विद्यालय छाडेपछि उप्रेतीकै मातहतमा रहेर त्रिभुवन विश्वविद्यालयमा काम गरे । उप्रेती त्यतिबेला रजिष्टार थिए । त्यतिबेलै नागरिकताको लागि फाराम भरें । उप्रेतीले भनिदिएपछि नागरिकता पाए । चारवर्ष काम गरेपछि नोकरी छोडिदिए । नोकरी छोडेकै साल २०२६ मा पोखरा आए ।
हकीलाई अझ विकास र विस्तार गर्न डा. गुरुङको नेतृत्वमा राष्ट्रिय प्रतियोगितामा गण्डकी अञ्चलको प्रतिनिधित्व भयो । पहिलो राष्ट्रिय खेल २०४० काठमाडौं, दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ पोखरा, तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता विरगन्ज र चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४४ हेटौडामा उनको नेतृत्वमा गण्डकीले प्रतिनिधित्व गरेको थियो । २०५२ सालदेखि २०५६ सम्म क्याम्पस प्रमुख बनेपछि हकीको विकास र विस्तार विस्तारै घट्दै गयो । पोखराको पृथ्वीनारायण क्याम्पसबाट शुरुवात भएको हकीले काठमाडौंमा भएको राष्ट्रिय हकी प्रतियोगितामा दोस्रो स्थानमा चिक्त बुझाएको थियो ।