टेनिसको पर्याय बन्दै कायस्थ

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष २७ गते २०७४ मा प्रकाशित


धन बस्नेत- शिक्षा, स्वास्थ्य र खेलकुद पोखराको नारा हो । शिक्षाले स्वाथ्यप्रति सचेत गराउ“छ । स्वास्थ्य मानिस खेलकुदको मेरुदण्ड हो । खेलकुदले स्वास्थ्य रहन सहयोग पु¥याउ“छ । तीनै एकअर्काका परिपुरक हुन् । ती तीनै क्षेत्रमा विनोद कायस्थले लगानीको हात बढाएका छन् । त्यसलाई आर्थिक रुपले सबल बनाउन उनको पाईला वित्तिय क्षेत्रमा पनि छ । शिक्षा तर्फ उनले पोखरा कलेज अफ म्यानेजमेन्ट, स्वास्थ्य तर्फ गण्डकी मेडिकल कलेज तथा अक्सिजन ग्यास र खेलकुद तथा लन टेनिस । ती सबैलाई वित्तिय रुपमा सबल बनाउन तत्कालिन विजनेस डेभलपमेन्ट बैंक(विजनेस युनिर्भसल बैंक) मा बोर्ड अफ डिरेक्टरको जिम्मेवारी सम्हालिरहेका छन् ।
स्वास्यमा उनको आकर्षण छिमेकी डा. बसन्त ताम्राकारले गरेको उनी सुनाउ“छन् । ‘विवाह गरेपछि मनभित्र केही गर्नुपर्छ भन्ने भावना थियो । त्यसैक्रममा छिमेकीको रुपमा रहेका चिकित्सक ताम्राकारसित छलफल भयो ’ उनी भन्छन् —‘सबैको सल्लाह अनुसार सिटी स्क्यान ल्याई स्वास्थ्यमा हात बढाए“ ।’ सिटी स्क्यानको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी श्रीमती रिताले लिएकोमा ढुक्क र खुशी छन् । ‘सिटी स्क्यान मैले हेर्नु पर्दैन् ।’ खेलकुदप्रतिको किस्सा पनि कम छैन् उनको । पृथ्वीनारायण क्याम्पसमा पढ्दा क्याम्पसका संस्थापक जर्ज जोनका छोरा अनु जोनसितको सम्बन्ध निकै घनिष्ठ थियो । उनीसितको सम्बन्धले टेनिसप्रतिको लगावलाई हल्लक्कै बढँईदियो । क्याम्पस परिसरमा टेनिस कोर्ट थियो । त्यही कोर्टमा उनले टेनिसको कखरा सिक्ने अवसर पाए । पछि कोर्ट थन्किएपछि बास्तोला थरस्थित पार्टी प्यालेसमा रहेको कोर्टले टेनिसलाई जोगाउन योगदान दियो ।
पार्टी प्यालेसको कोर्ट बन्द हुने अवस्था भएपछि आफनै जग्गामा नया“ कोर्ट बनाए“ । उनी सम्झिन्छन् । आफनै जग्गामा कोर्ट बनाउन उनले तीनजनासित ३५ हजारको दरले सहयोग जुटाए । अनिल तुलाचन, बुद्धि हिराचन र समीर शेरचनको आर्थिक सहयोगबाट झण्डै डेढलाखको लागतमा १८ वर्ष अघि कोर्ट तयार गरिएको थियो । त्यसपछि साढे दुईरोपनी क्ष्ँेत्रफलमा २०६४ सालमा दुईवटा कोर्ट निर्माण गरे । जुन कोर्टमा वर्षेनी उमेर समूहको प्रतिस्पर्धा हुदैं आएको छ । उनी कास्की जिल्ला टेनिस संघका अध्यक्ष समेत हुन् ।
उनकै पालामा टेनिसले फड्को मारिसकेको छ । पोखरा रंगशालाभित्र पाँचवटा क्लेकोर्ट बनिसकेको छ । छ वटा क्ले कोर्ट र एउटा हार्ड कोर्ट बनाउने धुनमा उनी जुटिरहेका छन् । सपनालाई साकार पार्न राष्ट्रिय खेलकुद परिषदले आवश्यक आर्थिक सहयोग जुटाउने प्रतिबद्धता समेत जनाईसकेको छ । उनी आफैं भेट्रान्स खेलाडी हुन् । उनले छोरालाई पनि टेनिस खेलाडी बनाई छाडेका छन् । खेलकुदसँगै उनको यात्रा स्वास्थ्यमा बढ्यो । एक दशक अघिको कुरा हो । जतिबेला पोखरा आईसोलेट बन्यो । पोखरालाई काठमाडौंसम्म जोड्ने सडक खण्डमा पहिरो गयो । कृष्णभीर नजिकै गएको पहिरोले १४ दिन पोखरा यातायात सम्पर्क विहीन बन्न पुग्यो । १४ दिनको यातायात ठप्पले पोखरामा अक्सिजनको अभाव सृजना भयो । पोखरामा स्थापित अस्पतालको अप्रेशन रोकियो । दमका विरामीलाई निकै जटिलता भयो । दुखद घटना समेत घट्यो । त्यो चोटलाई साम्य पार्न विनोद कायस्थले अक्सिजन ग्यास उत्पादन पोखरामै गर्ने निधो गरे । डा. बसन्त ताम्राकारसित सरसल्लाह हुन पुग्यो । सम्भाव्य प्राविधि अध्ययन गरियो । २०६० सालमा भएको घटनाको तीन वर्षपछि २०६३ साल असोजमा अक्सिजन ग्यासको प्लान्ट पोखरा औद्योगिक क्षेत्रमा स्थापित गरियो । १४ दिनको यातायात विच्छेदले निम्त्याएको समस्या समाधान गर्न कायस्थले नया व्यवसायीक पाईला बढाए । अक्सिजन ग्यासको उत्पादनभन्दा अघि नै कायस्थले पोखरामै पहिलो पटक सिटी स्क्यान भित्रिएका थिए । टाउकोमा हुने गम्भीर समस्या समाधानको लागि काठमाडौं जानुपर्ने बाध्यता थियो । निकै खर्चिलो थियो । सर्वसाधारणलाई सहज उपचारको लागि २०५८ सालमा सिटी स्क्यान स्थापना गरे । त्यसमा उनी एक्लै थिएनन् । डा. ताम्राकार, डा. बुद्धिबहादुर थापा, डा. कालु शर्मा लगायतको टोलीले महेन्द्रपुलमा डायग्नोष्टिक सेन्टर स्थापना गरेर परोपकारी कामको थालनी गरेका हुन् । ‘पोखरामा सर्वसुलभ उपचार सेवा दिने लक्ष्यसहित अहिले एमआरआई(मेमोग्राफी) समेत शुरुवात गरिसकिएको छ ।’ उनी भन्छन् ।
पारिवरिक पृष्ठभूमि निकै फरक छ । बुवाले थालेको कपडा पसललाई उनले कुनै चासो दिएनन् । चढ्दो उमेरसम्म पनि उनलाई बुवाको पुरानो पेशालाई अगा“ल्ने मनस्थिति बनाएनन् । ‘व्यवस्थापनले चल्ने व्यवसाय गर्न चाहन्थे,’ उनले भने—‘त्यही भएर मैले दिनभर बसिरहने पसल प्रति खासै अभिरुचि देखाईन् ।’ वुवालाई पनि छोरोले विडों थाम्देला भन्ने अभिलाषा थियो । तर त्यसलाई उनले ठुकराए । विद्यालय अध्ययनसम्म उनको बसाई केवल दोकान नै हुन्थ्यो । विद्यालयबाट फर्किने अनि बुवालाई सघाउन दोकान कुर्ने मात्रै थियो । गण्डकी बोर्डिङ स्कुलबाट पढाई पुरा गरेपछि पोखराकै पृथ्वीनारायण क्याम्पसमा प्रवीणता प्रमाणपत्रमा भर्ना भए । प्रवीणता प्रमाणपत्र तह पढ्दा उनी शालिन युवतीसित एकोहोरो मन पराईले दुई वर्ष वितायो । स्नातक तह पढ्दै जादा“ एकोहोरो मनपराई दोहोरोमा परिणीत हुदैं गएको थियो । २०४५ सालबाट शुरुभएको मनपराईले आधा दशक पुरा ग¥यो । २०५० सालमा रिता तुलाचनलाई धर्मपत्नी बनाए ।
परिवार निकै कडा मिजासको थियो । अन्तरजातीय विवाह स्वीकार्य थिएन् । आफनो अफेयरलाई आधा दशक लुकाई राख्दै अन्तत परिणाममुखी बनाउ“दा उनले परिवार नै त्याग्नुपर्ने अवस्था आईलाग्यो । जीवनसंगीलाई लिएर काठमाडौं हानिए । संघर्षको कथा शुरु भयो काठमाडौंबाट । काठमाडौंको बसाईको क्रममा उनले सुनधारामा होटल सञ्चालन गरे । उनको पहिलो व्यवसायिक पाईला थियो । काठमाडौंको बसाई उनलाई त्यति मन परेन् । जेनतेन तीन वर्ष विताएपछि फेरी पोखरा फर्किए । पोखरामा उनले नया“ व्यवसाय आत्मसात गरे । पुल तथा स्नुकर व्यवसायमा हात हाले । उनले शुरुवात गरेको पुल र स्नुकर पोखराकै पहिलो थियो । २०५३ सालमा शुरुवात गरेको व्यवसायले परिवारलाई पनि बेजाती बुहारी भएपनि भित्रयाउनुपर्छ भन्ने मनमा लाग्दै गयो । मनभित्रका पलाएको घृणा विस्तारै मायामा परिणत हुदैं गएपछि अन्तरजातीय बुहारीलाई घर भित्रयाई छाडे । बुहारीलाई भित्रयाउने समयमा पुरानो व्यवसाय कपडा पसल भने परिवारले छोडिसकेको थियो ।
शिक्षाप्रतिको अभिरुचिले २०६१ सालमा नदीपुरस्थित आफनै जग्गामा कलेज सञ्चालनको लागि भौतिक पुर्वाधार तयार गरे । विविएको लागि पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पोखरा कलेज अफ म्यानेजमेन्टले शैक्षिक क्षेत्रमा आफुलाई अब्बल ठह¥याएको छ । तीन वर्ष अघि साईक्लिङ प्रतिस्पर्धा गरेर नया“ चिनारी थपिदियो । उनको परिचयमा अर्को उपनाम पनि थपिएको छ । किसान । उनी अर्गानिक कृषि खेती तथा पशुपालन तर्फ जुटेका छन् । पोखराको कुडहर नजिकै ५२ रोपनी क्षेत्रफलमा कृषिस“गै पशुपालन गरेका छन् । उनी भन्छन्—‘४० वटा गाई पालेको छु । १७ वटा टनेल छन् । टनेलमा उत्पादित गोलभेडा खेती होटल तथा रेष्टुरेण्टमा खपत हुदैं आएको छ ।’ फार्म शुरु गरेको तीन वर्ष वितिसक्यो । अन्तराष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने भन्दापनि आयात प्रतिस्थापन गर्ने उत्पादनमा ध्यान दिनुपर्ने खा“चो उनी औल्याउ“छन् । अर्बाै रुपिया“को दैनिक उपभोग्य कृषिजन्य बस्तु आयात हुने गरेको बताउ“दै उनी भन्छन् ‘यही उत्पादन हुन्छ भने आयात गर्नुपदैन् । उत्पादनै नहुने बस्तु तथा सेवा मात्रै आयात गर्नुपर्छ ।’ सेवाजन्य व्यवसाय गर्नुृपर्नेमा उनको विशेष अभिरुचि छ । त्यहीभएर निकट भविष्यमा होटल निर्माण गरी टुरिज्म क्षेत्रमा होमिने ईच्छा छ ।