भारतीय बलरको बलिङ प्रतिघण्टा १४६ दशमलव ८ किलोमिटर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३० गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- न्युजिल्याण्डमा भईरहेको यु—१९ विश्वकप क्रिकेट प्रतियोगितामा भारतीय युवा बलरले आफनो बलिङ स्पीडको कमाल देखाएका छन् । उनको पेस बलिङले भारतीय राष्ट्रिय टिमका पुर्व खेलाडीहरु समेत चकित भएका छन् । सौरभ गान्गुली र विरेन्द्र सेहवागले समेत उनको बलिङ हेरे छक्क मात्रै परेनन । उठेरै तारिफ समेत गरे ।
भारतीय बलर कमलेश नगरकोटी स्पीड बलिङले विपक्षी खेलाडीहरुलाई खेल्न समेत अप्ठ्यारो भएको थियो । विश्वकपमा रेकर्ड गरिएको बलिङ स्पीड अनुसार उनको बलिङ प्रतिघण्टा १४६ दशमलव ८ किलोमिटर देखिएको छ । उनको औसत बलिङ पनि तेज बलरको भन्दा कम छैन् । औसत बलिङ स्पीड भने उनको १४३ दशमलव ६ किलोमिटर प्रतिघण्टा र स्लो बलिङको स्पीड पनि ११९ किलोमिटर प्रतिघण्टाले रेकर्ड गरिएको छ । गान्गुली र सेहवागले उनलाई प्रतियोगिताकै सर्वश्रेष्ठ बलरको उपमा दिए ।
उत्तर प्रदेशका शिवम मावि पनि स्पीड बलिङमा दोस्रो स्थानमा रहेका छन् । उनले प्रतिघण्टा १४४ किलोमिटरले बल फ्याँकेका थिए । अष्ट्रेलिया विरुद्धको खेलमा उनीहरु दुवैले तीन—तीन विकेट लिएका थिए । खेलमा भारतले अष्ट्रेलियमाथि १ सय रनले जित निकालेको थियो । पहिलो टस गरेर व्याटिङ गरेको भारतले ३२७ रन बनाएको थियो । अष्ट्रेलिया भने २२७ रनमा अलआउट हुन पुग्यो ।