नेपाल सेमिफाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७४ मा प्रकाशित


पोखरा, १ माघ-  १२ औं दक्षिण एशियाली सेभेन ए साइड फुटबल प्रतियोगितामा नेपाल र बंगलादेशले जित निकालेका छन् ।

नेपाल सेभेन ए साइड फुटबल फेडेरेशनको आयोजनामा सञ्चालित प्रतियोगिताको तेस्रो दिन सोमबार पोखराको फेवाताल किनारस्थित बाराही घाट खेल मैदानमा सम्पन्न खेलमा नेपालले भारतलाई ५—० को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ ।

नेपालका लागि म्यान अफ दि म्याच विनोद गुरुङले ११ र ३२ औं मिनेटमा गोल गरे । त्यसैगरी रवि मगरले ८ र ४८ औं मिनेटमातथा सुनिल विकले १ मिनेटमा गोल गर्दै नेपाललाई फराकिलो जितको नजिता निकाले । अर्को सेमिफाईनलमा बंगालदेशले पाकिस्तानलाई ८—० गोलले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । बंगलादेशका लागि तुहिनले प्रतियोगितामा ह्याट्रिक पुरा गरे । अर्को ह्याट्रिक उज्वल खानले हिर्काए । एक गोल भने सजिबको नाममा रह्यो । मंगलबार सेमिफाईनलका खेलहरु हुने छन् । नेपालले पाकिस्तानसँग र भारतले बंगालदेशसँग प्रतिस्पर्धा गर्ने छन् ।