ब्राजिलले बिश्वकप जित्ने पेलेको दावी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ ३ गते २०७४ मा प्रकाशित


एजेन्सी(खेलाडी न्युज)- फुटबलको विश्वकपको मिति नजिकिदै गर्दा फुटबलका महान खेलाडी पेलेले रसिया हुने बिश्वकप फुटबलको उपाधि ब्राजिलले जित्ने दावी गरेका छन् । सन २०१८ को बिश्वकप रसियामा हुदैं छ । खेल तालिका समेत सार्वजनिक भईसकेको अवस्थामा पेलेको यस्तो ब्राजिलले जित्ने दावी सार्वजनिक रुपमा गरेका हुन् । ब्राजिलमा सन २०१४ मा आयोजना भएको बिश्वकप समेत जित्ने दावी गरिरहेको अवस्थामा सेमिफाईनलमा ब्राजिल जर्मनीसँग ७—१ को फराकिलो हार व्योरेको थियो ।
पेलेको भनाई अनुसार प्रशिक्षक टिटे पछिल्लो सस्करणको पीडा भुल्न यो वर्ष उत्कृष्ठ खेलाडीलाई ब्राजिलको राष्ट्रिय टोली बनाएका छन् । ‘ब्राजिलको विश्वकपको उपाधि जित्ने दावेदारी टिम हो ।’ पेले भने । १९४० मा जन्मिएका पेलेले आफनो समयमा तीन पटक विश्वकपको उपाधि जितेका थिए । १९५८, १९६२ र १९७० को समयमा विश्वकप जितेका उनी लामो समयदेखि विरामी पर्दा सार्वजनिक कार्यक्रममा देखा परेका थिएनन् । पेले पर्यावरणीय राजदूत समेत हुन् ।