धरान र पुलिस आहा गोल्डकप संस्करणमा तेस्रो भेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा –आहा गोल्डकपको सेमिफाईनल यात्रा तय गरेको धरान फुटबल क्लबले नेपाल पुलिस क्लबसँग पोखराको मैदानमा आज तेस्रो भेट गर्दै छ । आहाको छैैटौं र १२ औं सस्करणमा क्र्वाटरफाइर्नलनमा भेट भएको यी दुवै टोली १६ औं सस्करणको दोस्रो सेमिफाईनलको भेट पक्का भएको हो ।

दुवैं सस्करणमा नेपाल पुलिसले धरानलाई पन्छाउँदै उपाधि यात्रा तर्फ लम्किएको थियो । धरानले पनि पोखराको मैदानमा नयाँ इतिहास कोर्न लालायित छ । पुलिस क्लबले भने आफना पुराना खेलाडीको समिश्रणलाई पूर्ण रुपमा हटाई नयाँ युवापुस्तालाई प्राथमिकतामा राख्दै टिम तयार गरेको छ ।

पुलिसले लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दीमाथि इज्जतिलो नतिजा निकाल्दै आहाको सेमिफाईनलमा प्रवेश गर्दा धरानले पनि नेपाल आर्मी क्लबलाई पन्छाउँदै आहाको सेमिफाईनल समीकरण पुरा गरेको थियो । दुवैै टोलीमा युवापुस्ताको जमात छ । विदेशी खेलाडी विहीन छन् । यसले गर्दा पोखरा रंगशालामा दोस्रो सेमिफाईनल यात्रा निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । छैैटौं सस्करणमा धरान पुलिसक्लबसित ३—१ गोलमा पराजित हुदैं बाहिरिएको थियो भने १२ औं सस्करणमा भने २—० गोल अन्तरले पराजित हुन पुगेको थियो । यद्यपी १६ औं सस्करणको सेमिफाईनल खेलको नतिजा भने दिउँसो साढे चारबजेपछि मात्रै निस्कने छ ।