बर्नमाउथसँग चेल्सी स्तब्ध, म्यान यु टोटनह्यामसँग पराजित, सिटीको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७४ मा प्रकाशित


एजेन्सी—दोस्रो हाफमा तीन गोल खाँदै चेल्सी बर्नमाउथसँग पराजित हुन पुगेको छ । पहिलो गोल रहित टुग्याएको चेल्सीले दोस्रो हाफमा भने खेल आफनो पक्षमा राखेपनि स्कोरिङ गर्न भने सकेन् । खेलको ५१ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाए । जोर्डन आईबेले दिएको थ्रो बल पासलाई कलुमले दायाँ खुट्टाले हान्दै पोष्टको दिशा दिए ।

खेलको दोस्रो गोल ६४ औं मिनेटमा हुन पुग्यो । जुनियर स्टानिसलसले कलुमको पासलाई सदुपयोग गर्दै सिक्स यार्ड बक्सबाट गोल गरेका थिए । त्यसको तीन मिनेट वित्न नपाउँदै चेल्सीले अर्को गोलको समाना गर्न पुग्यो । नाथन एकेले कर्नरबाट आएको पासलाई पोष्टको दायाँछेउबाट जाली चुमाए । त्यस्तै गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २—० ले हार चखाएको छ । बेम्ब्ली रंगशालामा भएको खेलमा पहिलो मिनेटमै म्यानचेष्टरले गोल खाँदै दवावमा रह्यो । टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोटनह्यालमई अग्रता दिलाउँदा अर्को गोल भने उपहार पायो । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामलाई उपहार बनिदियो । अग्रता दोब्बरसँगै हट्स्र्परसँग युनाईटेडले हार स्वीकार ग¥यो । जितसँगै पाँचौं स्थानमा रहेको टोटनह्यामको २५ खेलबाट ४८ अंक रहेको छ । त्यस्तै युनाइटेडको उति नै खेलबाट ५३ अंक रहेको छ ।

गए राती नै भएको अर्को खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वेष्ट ब्रोममाथि ३—० को सहजै जित निकाल्यो । सिटीका लागि फर्ना्न्डिनोले गोलको खाता खोलेका थिए भने केभिन डे ब्रुयन र सर्जियो अगुइरोले दोस्रो हाफमा गोल गर्दै टोलीको जित सुनिशित गरे । यस जितसँगै सिटीको २५ खेलमा ६८ अंक रहेको छ । दोस्रो स्थानको युनाइटेडसँग १५ अंकको अन्तर छ ।