भत्किएको प्यारापिटको ईटा र ढुंगा दर्शकको सिट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- १६ औं सस्करणको आज आहा रारा गोल्डकपको दशौं दिन वितेको छ । दशौं दिनमा आईपुग्दा गोल्डकपको दोस्रो सेमिफाईनल नेपाल पुलिस क्लब र धरान फुटबल क्लब बीच हुदैै छ । यतिबेला दर्शकलाई निकै सास्ती भएको छ । प्यारापिट नभएको अवस्था छ । भत्काईएको प्यारापिटमा बसेर दर्शकले गोल्डकपको आनन्द लिएका छन् । प्यारापिट भन्दा अन्यत्र भने भत्किएको प्यारापिटको ईटा र ढुंगालाई सिट बनाई राखेका छन् । फुटबलको रौनकता देखिएपनि प्यारापिट नहुदाँको पीडा स्वयं दर्शकले भोग्दै आएका छन् ।