माघ २२ गतेदेखि दोस्रो अन्तरकलेजस्तरीय इण्डोर क्रिकेट प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- अल्टिमेट इण्डोर्स प्रालिको आयोजनामा माघ २२ गतेदेखि दोस्रो अन्तरकलेज सिक्स ए साईड इण्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । लिगकम नकाउटको आधारमा खेलाईने प्रतियोगिता १२ ओभरमा खेलाईने छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

युनिभर्सल, केएफए, सनवे, एमआईएस, एभरेष्ट, एनसिसी, ट्रिटोन, समृद्धि, सेन्ट लाउरेन्स, केसिएम, गोल्डेन गोट(बिभिएम), ह्वाईट हाउस, गोल्डेन गेट(प्लस टु), एशियन, भि.ए निकेतन र शान्तवानाको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले ५१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाउने छ । उत्कृष्ठ खेलाडी, बेष्ट व्याट्सम्यान (सर्वाधिक रन बनाउने) र बेष्ट बलरलाई ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन् ।