नेपाल अन्तिम अभ्यास खेलमा पराजित, पर्सी नामिविया प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)– अन्तिम अभ्यास खेलमा पराजित भएको नेपाल पर्सी सोमबार आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को म्याच खेल्न नामिविया प्रस्थान गर्दै छ । नेपाली राष्ट्रिय टोलीले युएई ‘ए’सँगको अन्तिम अभ्यास खेलमा ६४ रनले पराजित हुदैं तीन खेलको अभ्यासमा दुई जित र एक हार व्यहोर्दै दुईदिनपछि नामिविया उड्ने छ ।
अन्तिम अभ्यास खेलमा नेपाली व्याट्सम्यानको लय पुरानै खराब अवस्थामा देखियो । २१६ रनको लक्ष्य पछ्याएको नेपाल केवल ३८ ओभर ५ बलमा अलआउट हुदैै केवल १५१ रन मात्रै जोड्न सक्यो । यसले नेपाली व्याट्सम्यानको व्याटिङस्तर खस्किएको छ । यद्यपी नामिविया विरुद्ध खेल्ने नेपाली टोली उच्च मनोबल लिएर प्रस्थान गर्ने छ ।

चिराग सुरीको ८५ रनको ठोस इनिङमा युएईले २१५ रनको स्कोर बनाई लक्ष्य पछ्याउने नेपाललाई आमन्त्रण ग¥यो । अलि मिर्जाले अवजित ४२ रन बनाएका थिए भने अतिरुर रहमानले ३३ रन जोडे । आफनो जन्मदिन नै युएईको मैदानमा मनाएका बलर सोमपाल कामीले ३ विकेट, ललित भण्डारीले २ विकेट लिए । पारस खड्का, वसन्त रेग्मी र सन्दिप लामिछानेले एकएक विकेट लिए । सन्दिपले आफ्नो १० ओभरमा केवल २७ रन खर्चेका थिए भने पारसले ६ ओभरमा ३ मेडन फाले । रन पनि केवल ६ मात्रै दिए ।

लक्ष्य पछ्याउने क्रममा नेपाली व्याट्सम्यानको प्रदर्शन निराशजनक रह्यो । कप्तान पारस खड्काले सर्वाधिक ४१ रनको योग्दान दिए भने उपकप्तान ज्ञानेन्द्र मल्लले २४ रन बनाए । दिपेन्द्र ऐरीले २६, अनिल शाहले २१ र आरिफ शेखले १९ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकको रनफल तयार पारेनन् । बर्थडे ब्वाय सोमपाल कामी भने शून्यमै पवेलियन फर्किए । ओपनर दिलिप नाथ शुन्यमा आउट भए । ललित भण्डारी खातै खोलेनन् । शरद भेषवाकरले पनि १ रन बनाएर निस्किए । सोमपाल कामी र वसन्त रेग्मी ६ रनमा आउट भएका थिए भने सन्दिप लामिछाने ६ रनमा अवजित रहे । नेपालले नामिवियासँग ८ तारिखमा खेल्ने छ । ९ तारिखमा ओमानसँग खेल्ने छ । ११ तारिखमा युएईसँग, १२ मा केन्यासँग खेल्ने छ । १४ मा क्यानडासँग खेल्ने छ । तस्वीर -रमन शिवाकोटी