आहा गोल्डकपको फाईनल आज, दुवैको दावी— ‘हामी जित्छौं ’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २० गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा – आहा गोल्डकपको यो वर्षको सस्करणको फाईनल खेल आज पोखरा रंगशालामा हुदैै छ । रुस्लान थ्री स्टारले नेपाल पुलिस क्बलसँग उपाधिको लागि मैदानमा उत्रिदै छ । दुवैको दावी छ— ‘हामी उपाधि जित्छौै ।’
पुलिस भर्खरै गठन गरिएको युवा टोली छ । थ्री स्टारमा राष्ट्रिय खेलाडीको बाहुल्यता छ । फाईनलमा थ्री स्टार अपराजित टोली हो । फाईनल खेल्ने सूचीमा पुलिस थ्री स्टार भन्दा अगाडि छ । दुवैको फाईनलमा हुने प्रतिस्पर्धा नयाँ र रोमाञ्चक हुने छ । दुवैको रहर पोखराको मैदानबाट पाँचौं उपाधि आफनो नाममा लेखाउने ।

आहाको संस्करणमा दुवैको प्रतिस्पर्धा भने तेस्रोे, छैटौ, सातौं र १३ औं सस्करणमा एकापसमा भईसकेको छ । चार सस्करणमा पुलिसले तीन पटक बाजी मारेको तथ्यांक छ । तेस्रोको भेटमा पुलिसले बाजी मार्दा १३ औं सस्करणमा भने थ्री स्टारले पुलिसलाई पराजित गर्दै उपाधिको यात्रामा थियो । उपाधिलाई नियाल्दा थ्री स्टारले पाँचौ, नबौं, ११ औं र १३ औं सस्करणको उपाधि उचालिसकेको छ । १६ औं सस्करणको उपाधि आफनो नाममा लेखाउँदै पाँचौ पटकको च्याम्पियन बन्ने अभियानमा थ्री स्टार छ । पुलिस पनि पोखराको मैदानमा भाग्यमानी देखिदै आएको छ । पुलिसले पनि पहिलो, छैटौं, सातौं, आठौं सस्करणको उपाधि उचालिसकेको छ । दुवै पाँचौ उपाधिको खोजीमा छन् ।

आहा गोल्डकपको दर्शकको फाईनल हेर्ने चाहना र क्लबले उपाधि उचाल्ने सपना शनिबार साकार हुने छ । क्लबले ७ लाख १ हजार नगदराशीसँगै ट्रफी लिएर काठमाडौं फर्किने छ । पुलिसले अधिकांश नयाँ खेलाडीलाई मैदानमा उतारेको छ । यु—१९ र यु—२३ का उमेरसमूह जसले नेपाली राष्ट्रिय लगाईसकेका छन् । विश्वास श्रेष्ठ, निराजन खड्कालाई रोक्नुपर्ने चुनौति पुलिसका खेलाडी माथि छ । रवि पासवान, सुमन लामा र अभिषेक रिजालको कम्बिनेसनलाई विफल तुल्याउने योजना थ्री स्टारले बनाउने छ । थ्री स्टारका प्रशिक्षक मेघराज केसी र नेपाल पुलिस क्लबा प्रशिक्षक अनन्त थापाले भने—‘ खेल जित्ने रणनीति बनाउँछौ । फाईनल हामी जित्छौै ।’