क्रिकेटको ‘न्युट्रल भेन्यु’ पोखरा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)- पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । पोखरामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सकिए स्पोर्टस सिटीको अवधारणाले सार्थकता पाउने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले बताए । उनले रंगशालाभित्रको मैदानसँगै अर्को ठाँउमा पनि क्रिकेट मैदान बनाउन जग्गा खोज्न आग्रह गरेका छन् । अन्तराष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न प्रशिक्षण मैदानको समेत खाँचो पर्ने हुदाँ रंगशालासँगै अर्को ठाँउमा जग्गा खोज्न सकिए क्रिकेट मैदान बनाउन सकिने जिकिर उनको थियो ।

‘नेपाल क्रिकेटको लागि न्युट्रल भेन्यु हुन सक्छ । प्राकृतिक स्रोतले भरिएको पोखरा अझ उपयुक्त हुन्छ ।’ उनले भने—‘रंगशालाभित्रको मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउनुपर्छ । त्यस बाहेक पनि प्रशिक्षणको लागि अर्को मैदान चाहिन्छ । त्यसको लागि जग्गा खोज्नुस ।’ नेपाल क्रिकेट संघको लगानीमा पोखरा रंशगालाभित्र क्रिकेट मैदान निर्माण गरिएको छ । स्थानीयबासिन्दाको सहयोगमा झण्डै एक करोडको खर्चमा पाँचवटा पीचसहितको मैदान निर्माण भईसकेको छ । यद्यपी पछिल्लो समय पोखरा रंगशाला फुटबल मैदान वरिपरी अन्तराष्ट्रियस्तरको प्यारापिट निर्माण गर्ने भएपछि क्रिकेट मैदान दक्षिण पश्चिम सर्छ । सवा अर्बको लागनीमा फुटबल प्यारापिट निर्माणको लागि आवश्यक ग्लोबल टेण्डर प्रक्रियाको अन्तिम चरणमा छ । उनले पोखरामा २० हजार दर्शक क्षमताको पवेलियन बनाउने घोषणा समेत गरेका छन् । पोखरासँगै पुर्वको इटहरी र मध्यपश्चिमको तुलसीपुरलाई स्पोर्टस सिटी बनाउने राखेपको योजना रहेको समेत सुनाए ।
क्रिकेटकै लागि भारतका विभिन्न शहरबाट वर्षेनी हजारौंको संख्यामा क्लब, स्कुल तथा कलेजबाट आउने गरेका छन् । यसले पोखरालाई स्पोर्टस सिटीको रुपमा प्रवद्र्धन टेवा पुगेको छ ।

तस्वीर-चन्द्रप्रकाश  गुरुङ