मध्यपश्चिममा छैन् गल्फको पुर्वाधार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आउँदो मंसिरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमको नेपालगन्जमा हुदैं छ । नेपालगन्ज र दाङमा सम्भावित खेलहरु हुने छन् । त्यसको लागि आवश्यक तयारी चलिरहेकै छ । तर गल्फ खेल्ने उपयुक्त ठाँउको भने अभाव छ । मध्यपश्चिममा मात्रै नभई सुदुर पश्चिममा समेत गल्फकोर्ष छैन् ।

गल्फको लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छैन् । गल्फ खेल्ने खेलाडी समेत छैनन् । यसले गर्दा गल्फ तर्फ ध्यान कसैको पनि गएको छैन् । ‘गल्फर पनि छैनन् । गल्फकोर्षको पुर्वाधार पनि छैन् ।’ मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली भन्छन्—‘राष्ट्रिय खेलकुद परिषदले पुर्वाधार बनाउन चासो दिएको छैन् । माग भएको अवस्थामा पुर्वाधार निर्माण गर्ने तर्फ लाग्ने छौं ।’ गल्फ महंगो खेल भएकोले पनि खासै ध्यान र चासो नभएको उनको भनाई थियो । गल्फ विशेष गरी पुर्वाञ्चलको धरान, काठमाडौं र पोखरामा मात्रै हुने गरेको छ । यी क्षेत्रमा व्यवसायिक रुपमा प्रतिस्पर्धा हुदैं आएको छ । सुर्य नेपाल कम्पनीले वर्षेनी तीनै ठाँउमा प्रतियोगिता समेत गर्दै आएको छ । यो विषयमा धारणा लिन खोज्दा नेपालगन्जकै गल्फर रविन्द्रमान श्रेष्ठसँग भने सम्पर्क हुन सकेन् ।

गल्फको लागि १८ होल आवश्यक पर्छ । ९ होलका गल्फ कोर्ष पनि बनाउन सकिन्छ । तर प्रतियोगिता सञ्चालन गर्दा ९ होललाई दोहो¥याएर खेल्दै १८ होल पुरा गर्नुपर्छ । ९ होलको कोर्ष बनाउन मात्रै झण्डै ६ सय रोपनी क्षेत्रफल आवश्यक पर्ने पोखरास्थित हिमालयन गल्फ कोर्षका व्यवस्थापक एवं गल्फर भुवन गुरुङले बताए । उनका अनुसार अन्तराष्ट्रियस्तरको ९ होलको कोर्ष बनाउन ५ करोड रुपैयाँ लागत लाग्छ । गल्फ कोर्षको नियमित मर्मत सम्भार गर्नुपर्छ । बंकर, ग्रिनलाई नियमित रुपमा हेर्नुपर्ने उनको भनाई थियो ।