दक्षिण अफ्रिकालाई खेलाडीको चोटले सतायो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २२ गते २०७४ मा प्रकाशित


एजेन्सी—भारतसितको तेस्रो टी—२० सिरिजको तयारीमा रहेको दक्षिण अफ्रिका भने खेलाडीको चोटको कारण समस्यामा परेको छ । एकपछि अर्को खेलाडी घाईते भएपछि भारतसितको टी—२० मा आफनो छविलाई कायम राख्न निकै चुनौतिपूर्ण बन्दै गएको छ । अघिल्लो दुई वान डेम्याचमा पराजित भईसकेको दक्षिण अफ्रिकालाई खेलाडीको चोटले ठूलो झटका नै दिएको छ । क्विटन डि कक घाईते हुदै खेल्न नसक्ने भएपछि दक्षिण अफ्रिकाले खेलमा आफनो लय समात्न सक्ने अवस्थामा देखिदैन् । चार खेलाडी घाईते भएपछि सम्हाल्नै कठिनाई हुने अवस्थामा पुगेको छ ।

कक विकेटकिपर र व्याट्सम्यान समेत हुन् । घाईते भएकै कारण उनी चारवटा वान डे म्याचबाट बाहिर बसेर हेर्न बाध्य भए । उनी भारत विरुद्धको सिरिजबाट बाहिरिने चौथो खेलाडी हुन् । तेज बलर डेल स्टेन, व्याट्सम्यान एबी डि भिलियर्स र कप्तान फैफ डु प्लेसिस चोटकै कारण सिरिजबाट बाहिर बस्न बाध्य भएका छन् । उनीहरु सबै वान डेका बाँकी चार खेल र टी—२० सिरिजबाट समेत बाहिर रहने छन् । उनीहरुको अनुपस्थितिले दक्षिण् अफ्रिकाको टिमलाई मानसिक रुपमा असर परेको छ । ककको बायाँ हातको नाडीमा चोट लागेको छ । उनी चोटकै कारण दुईदेखि चार हप्ता सक्रिय क्रिकेटबाट टाढै रहने छन् । दक्षिण अफ्रिकाको व्यवस्थापक डा. मोहम्मद मुसाजीको भनाई अनुसार दोस्रो वान डेको समयमा ककको हातको नाडीमा चोट लागेको थियो । उनको चोट निकै गम्भीर रहेको छ ।