दश खेलाडीमा सीमित चेल्सीमाथि वाटफोर्डको रवाफिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


एजेन्सी—एघारौंस्थानको वाटफोर्डसँग लज्जास्पद पराजयले तेस्रो स्थानमा उक्लिने अवसरलाई चेल्सीले गुमाएको छ । चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४—१ गोलले पराजित हुदाँ दश खेलाडीमा खेल टुग्यांयो । ३० औं मिनेटमा टाइमाउस बाकायोकोलाई गुमाएपछि दश खेलाडीमा रहेको चेल्सी पहिलो हाफ हुन तीन मिनेट बाँकी छदाँ गोलको सामना गर्दै पछाडि प¥यो । ट्रोय डिनेले ४२ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरेपछि वाटफोर्डले अग्रता लियो ।

दश खेलाडीबाट दोस्रो हाफलाई निरन्तरता दिदाँ चेल्सीले निकै कठिनाई भयो । ८२ औं मिनेटमा इडेन हाजार्डले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । तर ८४ औं डार्यल जनमातले गोल गर्दै वाट फोर्डलाई जितको दिशा तर्फ लम्काए । ८८ मिनेटमा जेरार्ड डियुलोफ्युले गोल गर्दै अग्रता तेब्बर बनाए । ९०+१ मिनेटमा रोबर्टो पिरेयराले गोल गरेपछि वाटफोर्डले चेल्सीमाथि इज्जतिलो जित निकाल्यो ।