रौतहट ४ विकेटले विजयी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—खुकुरी च्यालेन्ज कप अन्तरगत मंगलबार रौतहट राईजिङ ११ ले बुटवल क्रिकेट व्वाईजलाई ४ विकेटले पराजित गरेको छ । टस जितेर क्षेत्ररक्षण(फिल्डिङ) गरेको राईजिङले व्याटिङको लागि बुटवललाई निम्दो दियो । बुटवल ९ विकेटको क्षतिमा १३१ रन बनायो । केवल १६ ओभर ४ बल खेल्ने क्रममा रवि साहको बलमा एलबी डब्लु शिकार हुनु अघि तुलबहादुर थापाले २२ बल खेल्दै ६८ रनको महत्वपूर्ण इनिङ खेले । विशाल बन्जाडेले १९ र आशिष भण्डारीले १६ रन बनाए । उदय पाण्डे, निर्मल थापा र गोविन्द खत्री शून्य रनमै पवेलियन फर्किए ।

रौतहटका बलर सुनिल मिश्राले चार ओभरमा १७ रन दिदैं ३ विकेट लिए । आशुतोष सिंह र आशु कान्डोईले २—२ विकेट लिन सफल भए । १३२ रनको लक्ष्य पछ्याएको रौतहटले छ विकेटको क्षतिमा १३४ रन बनाई जित दर्ता ग¥यो । १९ ओभर १ बल खेल्दै लक्ष्य पुरा गर्ने क्रममा सलमान आलमले ३१, अरभिन्द चौधरीले २४, आशुतोष सिंहले २८ रन बनाएपछि जितको लागि सहज भईदियो । सिहंले नटआउट खेल्दै १४ बलमा ४ चौका हिर्काए । गोविन्द खत्रीले ३ विकेट लिए भने आशिष भण्डारीले २ विकेट र युवराज सेनको नाममा एक विकेट रह्यो ।