लिग डिभिजन २ को तयारीको लागि प्रशिक्षणमा व्यस्त नेपाली टोली

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—दुईदिनपछि शुरु हुने आईसिसी लिग डिभिजन २ को लागि नेपाली टोली यतिबेला प्रशिक्षणमा व्यस्त छ । नामिविया विरुद्धको पहिलो खेल खेल्न नेपाली टोली दुईदिन अघि मात्रै नाविमिया पुगेको थियो । नेपाली टोलीले दुई दिन नियमित प्रशिक्षणमा छ । व्याटिङ र बलिङ दुवैमा निखारता ल्याउने तर्फ विशेष ध्यान दिईरहेको छ । प्रशिक्षका जगत टमटाले प्रशिक्षण गराईरहेका छन् ।


युएईमा तीन दिने अभ्यास गरेपछि नेपाली टोली उच्च मनोबलको साथ नामिविया आएको प्रशिक्षक जगत टमटाले जनाए । नेपाली टोलीले तीन अभ्यास खेलमा दुई जित र एक हार व्यहोरेको थियो । अघिल्ला दुई अभ्यास खेलमा जस्तै व्याटिङमा सुधार आए नेपाल डिभिजन २ लिग च्याम्पियन बन्न सक्ने आशा र विश्वास क्रिकेट प्रेमीले गरेका छन् । अहिले नामिवियामा व्याटिङ, बलिङ र फिल्डिङको नियमित प्रशिक्षण गरिराखेका छन् । तस्वीर रमन शिवाकोटी