१९ वर्षिय क्रिष्टियन पुलिसिचलाई भित्रयाउने दौडमा तीन क्लब

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


एजेन्सी—बोरुसिया डर्टमुण्डका क्रिष्टियन पुलिसिचलाई तीन क्लबले भित्रयाउन चासो देखाएका छन् । अमेरिकाका मिडफिल्डर १९ वर्षिय पुलिसिचलाई भित्रयाउन बुण्डेसलिगा च्याम्पियन बार्यन म्युनिख, लिभरपुल र म्यानचेष्टर युनाईटेडले अभिरुची देखाएका छन् । बार्सिलोनाले पनि उनलाई भित्रयाउन ठुलै रकम खर्च गर्ने मनस्थितिमा देखिएको छ । यद्यपी लिभरपुल भने भित्रयाउनको लागि घनीभूत छलफलमा जुटेको छ । उता चेल्सीका स्ट्राईकर अल्भारो मोराटा भने पेरिस सेन्ट जर्मेन जान सक्ने सम्भावना देखिएको छ । छ महिन अघिमात्रै रियल मड्रिडबाट ६० मिलियन पाउण्डमा चेल्सी भित्रिएका मोराटा पिएसजी जाने मनस्थिति बनाएको बुझिएको छ ।