स्पीनर चम्केपछि धौलागिरीमाथि सांग्रिलाको सहज जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २३ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—स्पीनर विपिन खत्रीले पाँच विकेट लिएपछि लक्ष्य पछ्याएको पाहुना टोली धौलागिरी क्रिकेट क्लब दि युनाईटेड गोल्डमार्ट टी—२० क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सांग्रिला क्रिकेट क्लबले दिएको १२२ रनको लक्ष्य पछ्याउने क्रममा धौलागिरी क्रिकेट क्लब बाग्लुङ केवल ७७ रनमै समेटियो । सस्तैमा समेट्न म्यान अफ दि म्याच विपिन खत्रीले तीन ओभर पाँच बल फाल्दै केवल चार मात्रै दिएर सर्वाधिक पाँच विकेट चट्काए । उनी दुई महिना अघिमात्रै सम्पन्न एभरेष्ट प्रिमियर लिगमा भने शक्ति गौचनको कप्तानीमा रहेको पोखराको राईनोस फेन्चाईज कम्पनीबाट खेलेका थिए । म्यान अफ दि म्याच विपिनलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

सांग्रिलाले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पा¥यो । किरण क्षत्रीले अविजित ३१ र मिलन थापाले २८ रनको योगदान दिएपछि सांग्रिला क्रिकेटले सम्मान जनक स्कोरमा प्रस्तुत गरे । सुदीप पौडेलले १७ रन जोडे । रुपेश सिंहले ३ विकेट, सन्तोष र राजनको नाममा २÷२ विकेट रह्यो । १२२ रनको लक्ष्य पछ्याएको धौलागिरीले १६.५ ओभरमा ७७ रन जोड्दैमा खेलाडी अलआउट भए । धौलागिरीका सुमन गहतराजले ४२ रनको इनिङ खेल्दै जित तर्फ उन्मुख गराएपनि अन्य व्याट्सम्यानले भने प्रभावकारी प्रदर्शनबाट चुके । किसान खड्काले १० र कप्तान दीपक कुँवरले ७ रन जोडे । सांग्रिलाका कप्तान विपिन खत्रीले ५ विकेट लिए भने शिव सुवेदी र समीर सेनले २÷२ विकेट लिए । समीर नेपाली उमेर समूह क्रिकेट अन्तर्गत यु—१६ का राष्ट्रिय खेलाडी समेत हुन् । पोखरा क्रिकेट क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा भोलि पोखरा क्रिकेट एकेडेमीले अरण्यज्योति क्रिकेट क्लबसँग खेल्ने छ । भने दोस्रो खेल बुद्ध क्रिकेट क्लब म्याग्दीले राईजिङ क्रिकेट एकेडेमीसित खेल्ने छ ।