इतिहास दोहोर्याउने नेपालको लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २४ गते २०७४ मा प्रकाशित


धन बस्नेत, पोखरा- नेपालले भोलि आईसिसी लिग डिभिजन २ मा नामिवियाको आतिथ्यता स्वीकार्दै छ । नामिवियामा हुने खेलमा नेपाली टोली तीन दिन अघि पुगिसकेको छ । युएईमा तीन अभ्यास खेल खेलेर नामिवियाका प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट यतिबेला प्रशिक्षणमा व्यस्त छ । नेपाल— नामिविया बीचको भेट भने छैंटौं हुने छ । सन २००१ बाट शुरु भएको दुई बीचको प्रतिस्पर्धामा नेपालले तीन र दुई हार व्यहोरेको छ । तीन वर्ष अघि नामिवियालाई उसैको घरेलु मैदानमै पराजित गरेको इतिहास नेपालले भोलि दोहो¥याउन चाहन्छ । आईसिसी लिग डिभिजन २ कै प्रतिस्पर्धामा नेपालले नामिवियालाई तीन विकेटले पराजित गर्दा व्याटिङ खुलेको थियो । २०१५ मा भएको उक्त प्रतिस्पर्धामा नामिवियालाई १४२ रनमै अलआउट गर्दा करण केसीले सर्वाधिक ३ विकेट लिएका थिए । नेपालले उक्त लक्ष्यलाई भने ३७ ओभर ५ बलमा केवल ७ विकेटको क्षतिमा पुरा गरेको थियो।

सन २००१ मा आयोजित आईसिसी ट्रफीको प्रतिस्पर्धामा नेपाल नामिवियासँग पराजित भएको थियो । नेपालले केवल १३१ रन बनाएको थियो । केवल दुई विकेटको क्षतिमा नामिवियाले लक्ष्य पुरा गर्दै फराकिलो हार व्यहोरेको थियो । त्यसको १३ वर्षपछि नेपालले न्युजिल्याण्डमा २०१४ मा आयोजित वल्र्डकप क्वालिफायरमा नामिवियासँगै पराजित हुन पुग्यो । नामिवियाले दिएको २३२ रनको लक्ष्यलाई नेपालले पुरा गर्न सकेन् । नौ विकेटको क्षतिमा नेपालले २२७ रन मात्रै बनाई ओभर टुग्यायो । चार रनको हारसँगै नेपाली टोली घर फर्कियो ।

त्यसको एकवर्षपछि नै नेपालले उसैको मैदानमा पराजित गर्दै हावी हुन पुग्यो । सन २०१७ को अप्रिल १६ र १८ मा काठमाडौंमा आयोजित आईसिसी क्रिकेट लिग च्याम्पियनमा नेपालले नामिवियालाई पराजित गरेको थियो । १६ अप्रिलमा त्रिभुवन विश्वविद्यालयको मैदानमा नेपालले पाँच विकेटकाले इज्जतिलो नजिता आत्मसात गरेको थियो । १९६ रनको लक्ष्यलाई नेपालले पाँच विकेटको क्षतिमा पुरा गरेको थियो । त्यसको दुईपछि भएको खेलमा नेपालले ३ विकेटको जित निकाल्यो । २३९ रनको लक्ष्यलाई नेपालले अन्तिम बल बाँकी छदाँ लक्ष्य पुरा गर्दै सन २०१५ पछि लगातार नामिवियालाई पराजित गर्दै आएको इतिहास छ । भोलिको खेलमा पनि नेपालले बलरलाई उपयोग गर्दै उसैको घरमा पराजित गर्दै तीन वर्ष अघिको इतिहासलाई कायमै राख्न खोजेको छ । आईसिसी लिग डिभिजन २ कै भेटमा फेरी एक पटक आमने सामने हुदैै छन् ।