पुलिस बुढासुब्बाको फाईनलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २४ गते २०७४ मा प्रकाशित


धरान(खेलाडी न्युज) आहा रारा गोल्डकपको उपाधि उचालेको नेपाल पुलिस क्लब नकाउट फुटबल प्रतियोगिताको दोस्रो उपाधि नजिक पुगेको छ । धरानमा आयोजित रेडबुल बुढासुब्बा गोल्डकपको फाईनलमा प्रवेश गर्न बुद्ध लामाले निर्णायक गोल गरे । बुधबार सेमिफाईनल खेलेको पुलिसले सिएमजी संकटालाई २—१ गोलले पराजित गर्दै उपाधि नजिक पुग्यो । निर्धारित समयमा १—१ गोलको बराबरीमा टुंगियो । २० मिनेट थप गरियो ।

थपिएको १५ औं मिनेटमा बद्ध लामाले गोल गर्दै फाईनलमा पु¥याए । पाँच दिन अघि मात्रै पुलिसले पोखरामा रुस्लान थ्री स्टारलाई पराजित गर्दै उपाधि जितेको थियो । राखेप च्याम्पियनमा स्वर्ण पदक जितेको पुलिसले रजिन सुब्बाको गोलबाट अगाडि बढेको पुलिस ६४ औं मिनेटमा प्रकाश बुढाथोकीको गोलमा बराबरी गरेको थियो । उपाधिको लागि पुलिसले रुस्लान थ्री स्टार र दुर्गापुर स्टिल एफसी कोलकोत्ता बीचको विजेतासँग खेल्ने छ ।