इग्ल्याण्ड पाँच विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २४ गते २०७४ मा प्रकाशित


एजेन्सी—ग्लेन म्याक्सवेलले शतकीय पारी खेलेपछि अष्ट्रेलियाले इग्ल्याण्डलाई दोस्रो टि—२० खेलमा पाँच विकेटले पराजित गरेको छ । १५६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाँले म्याक्सवेलको ५८ बलमा १० चौका ४ छक्का हिर्काउँदै १०३ रनको ठोस इनिङ खेलेपछि पाँच विकेटको क्षतिमा ९ बल बाँकी छदाँ पुरा गरेको थियो । अष्ट्रेलियाका लागि डिजेएम शोर्टले २० बलमा दुई चौका र दुई छक्का हान्दै ३० रन जोडे । सि ए लिन शून्यमै आउट भए भने अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । विल्लेले तीन ओभरमा २८ रन दिदैं तीन विकेट लिए भने उड र रसिदले एक एक विकेट लिए ।

टस हारेर व्याटिङको निम्तो पाएको इग्ल्याण्डले ९ विकेटको क्षतिमा १५५ रन बनाएको थियो । डि जे मलनले पाँच चौका र दुई चौका हान्दै अर्धशतक पुरा गरेपनि ओझेलमा प¥यो । एडी हलेस र मोर्गानले २२—२२ रन बनाए । जोर्डनले १६ रन बनाई नटआउट खेल्दा विलिङले १० रन जोडेका थिए । बलिङ तर्फ भने म्याक्सवेलले दुई ओभरमा १० रन दिएर तीन विकेट लिए । अगरले दुई विकेट लिए । खेलमा म्यान अफ दि म्याच म्याक्सवेल घोषित भए