पोखरामा फागुन पहिलो साता राष्ट्रिय भेट्रान्स बास्केटबल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) पोखरा रंगशालामा आउँदो फागुन ३ गतदेखि दोस्रो पोखरा भेट्रान्स राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला बास्केटबल संघको आयोजनामा हुने प्रतियोगितालाई बतास ब्रदर्श प्रालि पोखराले मुख्य प्रायोजन गरेको छ ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा हुने प्रतियोगितामा विभिन्न शहरबाट टिमको सहभागिता रहने छ । गतवर्ष काठमाडौंको भेट्रान्स टोलीले उपाधि जितेको थियो । पोखरा उपमहानगरपालिकाको सह प्रायोजन, नेपाल बास्केटबल संघ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा जिल्ला खेलकुद विकास समितिको विशेष सहयोग रहने छ । प्रतियोगितामा विजेता टिमलाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने छ भने उपविजेतालाई ३३ हजार ३३३ रुपैयाँ प्रदान गरिने कास्की जिल्ला बास्केटबल संघले जनाएको छ ।