एकसाता बीच पुलिस र थ्री स्टारको दोस्रो उपाधि भिडन्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २५ गते २०७४ मा प्रकाशित


धरान(खेलाडी न्युज)—एकसाताको बीचमा रुस्लान थ्री स्टार र नेपाल पुलिस क्लब बीच नकाउट फुटबलको उपाधिको लागि दोस्रो पटक भिड्दै छन् । गत शनिबार मात्रै पोखरा रंगशालामा आमने सामने भईसकेको यी दुवै टोली धरानमा आयोजित बुढा सुब्बा गोल्डकपको फाईनलमा उपाधिको लागि भिड्दै छन् । पोखराको मैदानमा १६ औं सस्करणको आहा रारा गोल्डकप भने पुलिसले थ्री स्टारलाई १—० गोलले पराजित गर्दै उपाधि जितेको थियो ।

थ्री स्टारले आज कोलकोत्ताको दुर्गादत्तस्टिललाई १—० गोलले पराजित गर्दै फाईनल प्रवेश ग¥यो । निर्धारित समय गोलरहित बराबरी तर्फ उन्मुख हुदै गएको अवस्थामा इन्जुरी समयमा पोखरेली खेलाडी विष्णु गुरुङले गरेको निर्णायक गोलमा थ्री स्टारलाई फाईनल प्रवेश गरायो । कोलकोत्ता टोली भने बाहिरियो । विष्णु ७३ औं मिनेटमा थ्री स्टारका डिफेन्स अनन्त तामाङको स्थानमा मैदान छिरेका थिए । यी दुवैको दोस्रो नकाउट फुटबलको उपाधि हो । थ्री स्टारले इटहरी गोल्डकप जितेको हो भने पुलिसले आहा रारा गोल्डकप । विजेता टोलीले नगद ६ लाख सहित ट्रफी पाउने छ ।