कोरियाको प्योङचाङमा शीतकालिन ओलम्पिक शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २६ गते २०७४ मा प्रकाशित


एजेन्सी—दक्षिण कोरियाको प्योङचाङमा आजदेखि शीतकालिन ओलम्पिक शुरु भएको छ । २५ फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा कोरियाले खेलाडीको स्वागत गरेको छ । १५ खेलमा १०२ इभेण्ट्सको आयोजना हुदैं छ ।  कोरियाले १९८८ मा सिओलमा शीतकालिन ओलम्पिक प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको दौरानमा डोपिङ परीक्षण गर्ने सर्वोच्च निकाय वाडाले खेलाडीको डोपिङ खेलकै क्रममा गर्ने जनाएको छ ।

वाडाले दिएको जानकारी अनुसार गतवर्षको अप्रिलदेखि हालसम्म १७ हजार खेलाडीको डोपिङ परीक्षण गरिएको छ । वाडाका प्रमुख क्रेग रेडीले भने—‘मलाई विश्वास छ, सबै खेलाडीलाई यो कुराको विशवास दिलाउन चाहन्छौं कि सबै खेलाडी स्वास्थ्य र इमान्दारीको माहौलमै खेल खेल्ने छन् ।’ प्रतियोगितामा उत्तर कोरियाले दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिकमा एकसाथ मार्च गर्ने सहमति समेत जनाए । एकै झण्डा मुनि मार्च गर्न संयुक्त महिला हकी टोली उत्रिएका थिए । यसले दुई देशबीचको तनाव कम हुने आशा र विश्वास समेत गरिएको छ । ९२ देशका खेलाडीले विभिन्न इभेण्ट्समा सहभागिता जनाएका छन् । गतवर्ष डोपिङ परीक्षमा असफल भएका ४७ जना खेलाडीको आजीवन प्रतिबन्ध फुकुवा भएपछि शीतकालिन ओलम्पिकमा सहभागिता जनाउने छन् ।