न्युक्यासलसँग म्यानचेष्टर युनाईटेड स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २८ गते २०७४ मा प्रकाशित


एजेन्सी—खराब लयबाट गुज्रिएको म्यानचेष्टर युनाईटेडले न्युक्यासल युनाईटेडसँग स्तब्ध हुन पुगेको छ । ६५ औं मिनेटमा माट रिटचेईले गोल गरेपछि न्युक्यासललाई स्पष्ट तीन अंक जोड्दा म्यानचेष्टर युनाईटेड स्तब्ध हुन पुग्यो । बायाँ खुट्टाले डिबक्सभित्रका हानेको बल बारको दायाँ कर्नरबाट छिरेपछि म्यानचेष्टर युनाईटेडलाई हराउन पर्याप्त बन्यो । डिवाईट गायलेले दिएको सुन्दरपासलाई उपयोग गर्दै निर्णायक गोल गरे ।

खेलको आधा घण्टासम्म न्युक्यासलले म्यानचेष्टर युनाईटेडको पोष्टमा केही आक्रमणको अवसर सृजना ग¥यो । तर प्रयास भने सफल हुन सकेन् । पहिलो हाफको ३५ औं मिनेटमा एन्थोनी मार्सियलले म्यानचेष्टर युनाईटेडको लागि हानेको बल खेर गयो । नेमान्जा माटिकको थ्रो बललाई उपयोग गर्ने क्रममा मार्सियलले दायाँ खुट्टाले हानेको सटलाई गोलकिपरले बचाउ गरे । ३८ औं मिनेटमा पनि रोमेलु लुकाकुले दिएको पासलाई मार्सियलले हानेको हेड बारको दायाँभागबाट बाहिरियो ।
पहिलो हाफ हुनु अघि इन्जुरी समयमा एलेक्स सान्चेजले दिएको हेडिङ पासमा लुकाकुले हानेको प्रहार डिबक्सभित्र बचाउ हुन पुग्यो । ५४ औं मिनेटमा एलेक्स सान्चेजले पनि एन्थोनी मार्सियलको पासलाई सदुपयोग गर्न सकेनन् । माईकल कारिकको पासलाई ६८ औं मिनेटमा एस्ले योङको प्रयास पनि विफल भयो । जोन्जो सेल्भेको पासमा ७६ औं मिनेटमा न्युक्यासलका केनेडीले हानेको सटलाई रोक्दै म्यानचेष्टर अग्रता दोब्बर हुने प्रयासबाट जोगियो ।