नेपाललाई केन्याद्वारा १७८ रनको चुनौति, सन्दीपले लिए पाँच विकेट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा कमजोर मानिएको केन्याले नेपाललाई १७८ रनको चुनौति दिएको छ । लेगस्पीनर सन्दीप लामिछानले उत्कृष्ठ बलिङ गर्दै पाँच विकेट लिदैं केन्यालीमािथ आफनो बलिङ जादु देखाउँदा अलराण्डर शरद भेषवाकरले पनि बलिङमा आफनो खुवी प्रष्टयाएका छन् । उनले सात ओभर बलिङ गर्दै एक विकेट लिए । सोमपाल कामीले पनि अन्य दिनको भन्दा कम विकेट हात पारे । उनको नाममा केवल एक विकेट मात्रै लेखियो । बसन्त रेग्मीले पनि एक विकेट लिदाँ कप्तान पारस खड्का र करण केसीको भागमा विकेट नै परेन् ।

टस जितेर क्षेत्ररक्षण(फिल्डिङ) रोज्दै नेपालले व्याटिङको निम्तो भने केन्यालाई दियो । ओपनर आइए करिमले ४२ रन हिर्काए । एए ओबाण्डाले पनि ४१ रन बनाई आउट भएपछि केन्याले राहतको अनुभव ग¥यो । सि.ओ ओबुयाले २७ रनको योगदान दिए । एन एन ओडियाम्बोले ७ रन बनाई आउट भए । एनएम ओडियाम्बोले २४ र एस ओ एनगोचेले २३ रनमा नटआउट रहे । केन्याले आठ विकेटको क्षतिको क्षतिमा पुरै ओभर खेल्दै १७७ रनको स्कोर तयार पा¥यो ।