दोश्रो अभियान पुरुष भलिवल चैत्रको पहिलो हप्तामा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ २९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा आउँदो चैत्र १, २ र ३ गते दोश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्था स्तरिय भलिवल प्रतियोगिता हुन लागेको हो ।बैठकमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले युवाहरुलाई खेलप्रतिको आकर्षणलाई अझ बढाउनु पर्ने बताउदै प्रतियोगितामा सहभागि हुनको लागि सबैलाई आग्रह गरेका थिए । प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले जनाएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ ।

सोमबार बसेको बैठकले विभिन्न उपसमिति गठन गर्दै संयोजकमा जय प्रकाश थापालाई चयन गरेको छ । त्यसैगरि आर्थिकमा ईन्द्र राना, राजकुमारी थापा र सरस्वती गिरी, टीम ईन्ट्रीमा धर्मेन्द्र घर्ती र रमेश जिसी, खेल मैदान मर्मत तथा व्यवस्थापनमा ध्रुब बहादुर नेपाली र सागर गिरी, मञ्च तथा साउण्ड व्यवस्थापनमा राजेश सिके, सुरक्षा तथा स्वयंसेवकमा मुक्ति बिजुक्छे, खेल सामाग्री व्यवस्थापनमा अजय थापा, पुरस्कार व्यवस्थापनमा मुक्त गिरी, प्रचार प्रसारमा राजु गिरी र कृष्ण थापा, अतिथि सत्कार तथा खाजा व्यवस्थापनमा अभियान महिला उपसमिति, फोटो ग्राफरमा जय गुरुङ र मुक्त गिरी, सम्मान पत्र व्यवस्थापनमा बिनोद क्षेत्री र अमृत गुरुङलाई चयन गरेको छ ।
विगत ११ वर्षदेखि क्लबले भलिवल, फुटबल, स्वास्थ्य शिविर तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । आगामी हुने भलिवल प्रतियोगिताका लागि क्लवले मालेपाटन खेल मैदानमा स्थाई भलिवल कोर्ट निमार्ण कार्य गरिरहेको छ ।