१५ वर्षपछि फेड कपमा दिदी बहिनीको जोडी पराजित , टिमको जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन १ गते २०७४ मा प्रकाशित


एजेन्सी— १५ वर्षपछि दिदी बहिनी सेरेना तथा भेनस विलियम्स अमेरिकन फेड कपमा फेरी एकपटक महिला डबल्स तर्फको प्रतिस्पर्धामा जोडीको रुपमा कोर्टमा देखा परे । जुन दृष्य निकै दुर्लभ रह्यो । दिदी बहिनी नेदरल्याण्डका लेस्ले केर्कोभ र डेमी सचर्सको जोडीसँग ६—२, ६—३ को सोझो सेटमा पराजित हुन पुगे । तर समूहगत प्रतिस्पर्धा(टिम गेम) भएकोले नेदरल्याण्डलाई ३—१ को नजिताले अमेरिकासँग पछि प¥यो ।

फेड कपमा दिदी बहिनी भने सन २००३ मा दिदी बहिनी डबल्स प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसपछि फेड कपमा दुवै सँगै देखिएका थिएनन् । १५ वर्षपछि कपमा देखा परेको दिदी बहिनीको जोडीले भने खेल गुमाए । यद्यपी टिम गेम भएकोले अमेरिकाले जितेको छ । तर भेनसले व्यक्तिगत दुई खेल र सि भेन्डेविगी एक खेल जित्दै समग्रमा नेदरल्याण्डमाथि ३—१ को अवस्थामा पराजित गरेको हो ।

दिदी बहिनीले डबल्स तर्फको प्रतिस्पर्धामा २२ खेल जितेको तथ्यांक छ । जुन दुई वर्ष अघि २०१६ को विम्बल्डन समेत थियो । सेरेना विलियम्स गत वर्ष २०१७ मा अष्टे«लियन ओपन जित्दै २३ औं ग्राण्डस्लाम जितेर इतिहास रचेकी थिईन् ।भेनसले गत वर्षको सेप्टेम्बरमा सन्तान जन्मिएपछि गएको जनवरीको पहिलो सप्ताहमा कोर्टमा फर्किएकी हुन् । सेरेनाले आफनै दिदी भेनसलाई पराजित गरेर २३ औं ग्राण्डस्लाम जित्दै इतिहास कोरेकी थिईन् । सेरेनाले ऐतिहासिक जितपछि आफनो दिदी भेनसकै प्रेरणा रहेको प्रतिक्रिया दिएकी थिईन् ।