च्याम्पियन्स लिगमा मानेको ह्याट्रिक, लिभरपुलको फराकिलो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ३ गते २०७४ मा प्रकाशित


एजेन्सी—सादियो मानेको ह्याट्रिकमा लिभरपुलले पोर्टो एफसीमाथि गोलको वर्षा गरायो । च्याम्पियन्स लिगको पहिलो लेगमा इग्लिस क्लब लिभरपुलले ५—० गोलले पराजित ग¥यो । च्याम्पियन्स लिगमा यो नै फराकिलो हारजित हो । पहिलो हाफदेखि नै दबावमा राखेको लिभरपुलले ३—० गोलको अग्रता लिएको थियो ।

२५ औं मिनेटमा सादियो मानेले गोल गर्दै दिलाएको अग्रता ८५ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले व्यक्तिगत दोस्रो गोल भने ५३ औं मिनेटमा गरेका थिए । मोहम्मल सलाहले २९ औं मिनेटमा गरेका थिए भने रोबर्टो फिरमानोले ६९ औं मिनेटमा गोल गर्दै लिभरपुलको फराकिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेले । जितसँगै च्याम्पियन्स लिगको क्वार्टरफाईनल प्रवेशको लागि सहज भएको छ । खेल एक पक्षीय जस्तै रह्यो ।

यद्यपी केही अवसर भने पोर्टोले सृजना गरेपनि सदुपयोग भने हुन सकेन् । ५७ औं मिनेटमा टिक्वन्हो सोअरेसको पासमा मौसा मारेगाले हानेको प्रहार गोलकिपरले बचाउ गरे । ४४ औं मिनेटमा यासिन ब्राहिमीले दिएको पासलाई पनि मारेगाले सदुपयोग गर्न सकेनन् ।