अष्ट्रेलियाले पछ्यायो सर्वाधिक रनको लक्ष्य, गुप्टिलको शतक ओझेलमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७४ मा प्रकाशित


एजेन्सी—न्युजिल्याण्डले शुक्रबार त्रिदिवसिय टी—२० सिरिजमा रेकर्ड बनायो । टी—२० मा छ विकेटको क्षतिमा २४३ रन बनायो । जुन टी—२०को इतिहासमा सर्वाधिक रन पनि हो । न्युजिल्याण्डले दिएको रेकर्ड रनको चुनौतिलाई अष्ट्रेलियाले सात बल बाँकी छदाँ पुरा गर्दै इतिहास लेखायो ।

त्रिदिवसिय टी—२० सिरिजमा शुक्रबार न्युजिल्याण्डले छाडेको २४४ रनको लक्ष्यलाई अष्ट्रेलियाले ७ बल बाँकी छदाँ पुरा गर्दै जित निकाल्दा मार्टिन गुप्टिलको शतक छायाँमा प¥यो । गुप्टिलले विष्फोटक व्याटिङ गर्दै ५४ बलमा १०५ रन बनाए । उनले इनिङ्समा ६ चौका र ९ छक्का हिर्काए । उनलाई मुनरोले निकै साथ दिए । उनले पनि ३३ बलमा ७६ रन बनाउन ६ छक्का ६ चौका हिर्काए । छ विकेटको क्षतिमा २४३ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा सेर्फटले १२, च्याम्पम्यानले १६, ग्राण्डहोमे ३ र ट्यालोरले १७ रन नटआउट हाने । विलियम्स र ह्वीलेरले १—१ रन मात्रै खेले । रिचर्डसन, एजे टायले दुई दुई विकेट लिए । अष्ट्रेलियाले आफनो इनिङमा १४ छक्का हिर्काएको थियो भने न्युजिल्याण्डले १८ छक्का हिर्कायो ।

फराकिलो चुनौति पछ्याएको अष्ट्रेलियाले डेविड वार्नर र डि.जेएम सर्टको अर्धशतकीय पारीमा लक्ष्य ५ विकेटको  क्षतिमा पुरा गर्दा सात बल बाँकी रह्यो । वार्नरले ४३ बलमा ५९ रन बनाए । चार चौका र पाँछ छक्का प्रहार गरे । सर्टले पनि ४४ बल खेल्दै ८ चौका र ३ छक्का हिर्काउँदै ७६ रन जोडिदिए । यसले जितको लागि सहज हुन पुग्यो । आरोन फिन्चले ३६, म्याक्सवेलले ३१ रनको योगदान दिदाँ सि.ए ल्यानले १८ रन बनाए । करेले १ रनमा नटआउट रहँदा स्टोनिस भने ४ रनमा रनआउट हुदैं पवेलियन फर्किए ।