पोखरा र काठमाडौंका भेट्रान्स टोली एकापसमा भिड्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) —कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श द्वारा प्रायोजित टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान्स बास्केटबल प्रतियोगितामा शुक्रबार किर्तिपुर पुन समाजलाई ६६–४४ ले पराजित गर्दै सेमिफाईनल सुरक्षित ग¥यो । ठमेलले एक्स आर्मीलाई ५१–२५ स्कोरले पराजित गरेको थियो । शनिबार हुने पहिलो सेमिफाइनलमा आयोजक कास्कीले किर्तिपुर भेट्रान्ससंग भेट पक्का गरेको छ ।

पुन समाज क्लबले शुक्रबारको एक खेलमा आयोजकलाई वाक ओभर दिए पछि आयोजक सेमिफाइनलमा प्रवेश गरेको हो । यसै गरि दोश्रो सेमीफाइनल खेल काठमाडौको ठमेल र पश्चिमाञ्चल एक्स आर्मीका बीच हुने भएको छ । शनिवार सेमीफाइनल र फाइनलका खेलहरु संचालन हुने कास्की जिल्ला बास्केटबल संघका अध्यक्ष नेत्र बहादुर सेनले जानकारी दिएका छन । विभिन्न जिल्ला र अयोजक सहित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।