फागुन तेस्रो साता पोखरामा रेष्लरको भिडन्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ४ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पोखरामा फागुन १८ गते अन्तराष्ट्रियस्तरका रेष्लरहरु भिड्ने भएका छन । नेपाल रिङ रेस्लिङ संघले नेपालमा रेस्लिङ खेलको बढ्दो क्रेज र पोखरालाई खेलकुद मार्फत पर्यटन पवद्र्धनका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ । राष्ट्रिय खेलकुद परिषद मार्फत मान्यता प्राप्त संघले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु , डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गर्ने छन् भने अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलको भिडन्त हुने संघकी अध्यक्ष सुनिता थापाले बताएकी छन ।

प्रतियोगिताको आकर्षणका रुपमा महिला रेस्लरहरु समेत रहने संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन । महासचिव श्रेष्ठका अनुसार प्रतियोगितामा रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाले सहभागिता जनाउने छन् । त्यसैगरि अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिताका खेलहरु पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गर्ने छन् । प्रतियोगिताको प्रतियोगिताको कमेन्टेटरमा नेपालका प्रशिद्घ ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडी रहनेछ भने उदघोषण कलाकार कबिता गेलाल शर्माको आवाजले पूर्ण रुपमा दर्शकलाई मनोरन्जन प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता बारे जानकारी दिंदै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले यस प्रकारका प्रतियोगिताले पोखरा नगरलाई खेलकुद नगरीको रुपमा बिकास गर्न सहयोग पुग्ने बताए । उनले प्रतियोगिता सफल बनाउन पोखरेली सबैको उत्तिकै महत्वपूर्ण भुमिका रहनु पर्ने कुरामा जोड दिए । प्रतियोगिता अबलोकनका लागि आयोजकले रु ३ सय ५ सय र १ हजारको टिकटको व्यवस्था गरिएको जनाइएको छ ।