टेनिसको इतिहासमा फेडेरर रेकर्ड, ३६ वर्षको उमेरमा फेरी शीर्ष स्थानमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


एजेन्सी—स्वीस टेनिस लेजेण्ड रोजर फेडेरर ३६ वर्षमा हिडिरहेका छन् । ३६ वर्षको उमेरमा गत महिना अष्ट्रेलियन ओपन जित्दै इतिहास कायम गरे । उपाधिसँगै उनी फेरी एक वर्षपछि टेनिसको शीर्षस्थानमा फर्किएका छन् । गत वर्षको जनवरीमा फेडेरर १७ औं बरियतामा थिए । निकै शान्त स्वभावका फेडेररले एक वर्षपछि पुन आफनो लयलाई कायम राख्दै टेनिसको शीर्षस्थान कब्जा गरेका हुन् ।

३६ वर्षको उमेरमा शीर्ष स्थानमा रहनु नै टेनिसमा अर्को इतिहास पनि हो । उनले रोटरडम ओपनको क्र्वाटरफाईनलमा हल्याण्डका रोविन हासेलाई ४—६, ६—१, ६—१ को नजिता निकाले ।अष्ट्रेलियन ओपन जितेसँगै उनको बरियता शीर्ष स्थानमा उक्लिएको हो । शीर्ष स्थानमा स्पेनिस राफल नाडाल थिए । उनी गत महिना अष्ट्रेलियन ओपनमा घाईते हुदैं खेल परित्याग गरेका थिए । स्वास्थ्य लाभ गरिरहेका उनी फेरी टेनिस कोर्टमा फर्किने तयारी गरिरहेका छन् ।

फेडेरर सन २००३ मा ३३ वर्षको उमेर १३१ दिनमा शीर्ष स्थानमा थिए । उनले आन्द्रे आगामीको रिकर्डको पनि तोडेका छन् । २०१६ मा घुडाँको अपरेशन पछि शीर्ष स्थानमा फर्किन निकै कठिनाई थियो । उनले भने—‘यो सानदार चुनौति हो । यहाँ आईपुग्नको लागि धेरै कोशिस र मेहनत गरे । कैयौं खेल जित्नुपर्यो ।’