दोस्रो पोखरा राष्ट्रिय भेट्रान्स बास्केटबलको उपाधि ठमेल युनाइटेडलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज) —पोखरामा आयोजित दोस्रो संस्करणको भेट्रान्स राष्ट्रिय बास्केटबलको उपाधि काठमाडौंको ठमेल युनाईटेडले जितेको छ । शनिबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल खेलमा पश्चिमाञ्चल भुुपु सैनिक खेलुकद संघलाई १७ स्कोरले पछि पार्दै उपाधि जितेको हो । कर्मा गुरुङको व्यक्तिगत ३० स्कोर गर्दै ठमेलले पश्चिमाञ्चललाई ६७–५० को स्कोरमा पराजित गर्दै नगद ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी जित्यो । उपविजेतामा चिक्त बुझाएको पश्चिमाञ्चलले भने नगद ३३ हजार ३३३ रुपैयाँसहित ट्रफी पायो ।

प्रतियोगितामा सर्वाधिक स्कोर गर्ने खेलाडीका रुपमा पश्चिमाञ्चल भुपु सैंनिक खेलकुद संघका सनबहादुर बुदुजा पुन घोषित भए । उनलाइ ट्रफी र प्रमाणपत्र प्राप्त गरे । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्श प्राली द्वारा प्रायोजित ‘टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान्स बास्केटबल’को विजेता तथा उपविजेतालाई बतास व्रदर्श प्रालीका निर्देशक विपेन्द्र राज बतास, प्रतियोगिताका संयोजक नाराणय प्रसाद शर्मा, वरिष्ठ समाजसेबी कर्नल जेपी क्रस, हिसान कास्कीका अध्यक्ष रामजी प्रसाद शर्मा, नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, नेपाल भलिबल संघका सचिव डिबी नेपाली, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष केशब पाठक, बास्केटबल संघ कास्कीका सचिव ध्वज कुमार गुरुङ लगाएतले खेलाडीलाई नगद, ट्रफी, पदक र प्रमाणपत्र वितरण गरेका थिए ।

४० वर्ष उमेर समुह भन्दा माथी सहभागी उक्त प्रतियोगितामा पश्चिमाञ्चल भुपु सैनिक खेलकुद संघका ५८ वर्षिय पाका खेलाडी दलबहादुर पुनलाई सम्मान गरिएको थियो । फागुन ३ गते बाट सुरु भएको भएको प्रतियोगितामा विभिन्न जिल्ला र स्थानिय गरि ८ टिमको सहभागिता रहेको थियो ।