टी—२० खुकुरी च्यालेन्जर कपको उपाधि बालुवाटार क्रिकेटक्लबलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—खुुकुरी च्यालेन्जर कप टी—२० को उपाधि बालुवाटार क्रिकेट क्लबले जितेको छ । काठमाडौं क्रिकेट टे«निङ सेन्टरमाथि ८ रनको रोमाञ्चक जित निकाल्दै बालुवाटार क्रिकेट क्लबले नगद ३ लाख रुपैयाँसहितको ट्रफी उचाल्यो । उपविजेतामा चिक्त बुझाएको काठमाडौंले भने नगद १ लाख रुपैयाँ प्राप्त गर्यो ।

बालुवाटार क्रिकेट क्लबले २० ओभर खेल्दै १५२ रनको लक्ष्य काठमाडौलाई दियो । टस जितेर व्याटिङ गरेको बालुवाटारले ९ विकेटको क्षतिमा अमरसिंह रौतेलाको ३३ रनको महत्वपूर्ण योगदानमा १५१ रनको स्कोर बनायो । ओपनर प्रनित थापामगरले २७ रन बनाए । पुर्व राष्ट्रिय खेलाडी पृथु बास्कोटाले २५ रनको महत्वपूर्ण योगदान गरे । सोनु तामाङले पनि २३ रन जोडे । अतिरिक्त रन मात्रै १४ थपियो । बलिङ तर्फकाठमाडौका बलर सुमित झाले ३, सन्जय बस्नेतले २ विकेट, नन्दन यादवले एक विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको काठमाडौं क्रिकेट टे«निङ सेन्टर भने १४६ रनमा समेटियो । अविनास बस्यालले ३ विकेट लिएपछि काठमाडौंले लक्ष्य पुरा गर्न कठिनाई भयो । अदिल खानले ३२ रनको इनिङ खेले । दुर्गेस थापाले २१ रन बनाए । सुमित महर्जनले १९, विवेक रानामगरले १७ रनको योगदान दिएपनि जितको लक्ष्य भने काठमाडौंले भेटाउन सकेन् । प्रतियोगिताको म्यान अफ दि सिरिज बालुवाटार क्रिकेट क्लबका क्षितिज सिंह घोषित भए । उनले २० हजार नगदसहित ट्रफी प्राप्त गरे । त्यसैगरी बेष्ट व्याट्सम्यान टिकापुर क्रिकेट क्लबका रविन्द्रजंग शाही घोषित भए । उनलाई १० हजार नगद प्रदान गरियो । बेष्ट बलरबाट त्रिभुवन आर्मी क्लबका अभिनास बोहरा सम्मानित भए । उनलाई पनि नगद १० हजार रुपैयाँ प्रदान गरिएको थियो । इर्मजिङ प्लेयरबाट वाई वाई जिएचसिएका सागर ढकाल घोषित भए । उनलाई पनि नगद १०हजार रुपैयाँ प्रदान गरिएको थियो ।