आर्मीलाई सिमरा गोल्डकपको उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ५ गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज) – नेपाल आर्मीले सिजनको पाँचौ उपाधि जित्ने क्रममा शनिबार नवौं रुस्लान सिमरा गोल्डकपको उपाधिको उपाधि उचालेको छ । शनिबारको फाईनलमा केही दिन अघि मात्रै बुढासुब्बा गोल्डकप उचालेको थ्री स्टार क्लबलाई २—० गोलले पराजित गर्दै उपाधि उचालेको हो ।

मोफसलका नकाउट फुटबल प्रतियोगिता एक पछि अर्को उपाधि आफनो नाममा लेखाएको आर्मी उत्कृष्ठ फुटबल पस्किदैं आएको छ । यो वर्ष आर्मीले खेलेको ९ प्रतियोगितामा ५ वटा नकाउट उपाधि आफनो प्क्षमा पा¥यो । आर्मीले बैशाखमा बीरगंजमा आयोजित विशाल मेमोरियल कप फुटबल प्रतियोगिता, पुस महिना झापामा सताक्षी गोल्ड कप र मेची नेत्रालयल काकरभित्ता गोल्ड कप जितेको आर्मीले अघिल्लो महिना धनगढीमा खप्तड गोल्डकपको उपाधि जितेको थियो ।
सिमरा गोल्डकप उचाल्न आर्मीले बैकल्पिक खेलाडीको महत्वपूर्ण भूमिका रह्यो । दिनेश हेम्जनले गोल गर्दै आर्मीलाई आग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा बक्स भित्रैबाट बिमल पाण्डेले दिएको पासमा नवयुग श्रेष्ठले एक्रोब्याटिक सट प्रयास गरेपनि फुत्केर गएको बलमा दिनेश हेम्जनले गोल गरेका थिए । हेम्जन प्रिन्स जर्ज कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए । फाइनल खेल अगाडीसम्म २ गोल गरिसकेका दिनेशले गोल संख्या ३ पुर्याउदै प्रतियोगिताको उच्च गोलकर्ता भएका छन् ।
त्यस्तै खेलको ७४ औं मिनेटमा भरत खवासको पासमा नवयुग श्रेष्ठले १८ यार्ड बक्स भित्र बाट प्रहार गरेको बल गोलमा परिणत हुँदा आर्मीले आफ्नो अग्रता दोब्बर पार्दै जित सुनिश्चित बनायो । आर्मीले आफनो पोष्टमा गोलविहीन रह्यो भने तीन खेलमा ९ गोल गदैै उपाधि समेत उचाल्यो ।