म्यानचेष्टरको जितमा लुकाकु नायक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७४ मा प्रकाशित


एजेन्सी—रोमेलु लुकाकुले उत्कृष्ठ प्रदर्शन गरेपछि इग्लिस फा कपमा म्यानचेष्टर युनाईटेडले हडर्सफिल्डमाथि २—० को जित निकालेको छ । गएराती भएको खेलमा लुकाकुले ३ र ५५ औ ंमिनेटमा दुई गोल गरे । खेलको दोस्रो मिनेटमा युनाईटेडको पोष्टमा हडर्सफिल्डले प्रहार ग¥यो । डानी विलियम्सले दिएको पासमा कोलिन क्वानरले हानेको प्रहार खेर गएको थियो । त्यसको लागत्तै युनाईटेडले गोल गर्दै टोलीलाई अग्रता दिलायो । हुवाँन माटाको थ्रो बललाई उपयोग गर्दै लुकाकुले हानेको बल बारको देब्रे कुनाबाट छिरेको थियो । छैटौं मिनेटमा हडर्स फिल्डले बराबरीको अवसरलाई भने गुमाउन पुग्यो । फिलिप विलिङको थ्रो पासलाई टाम इन्सले हानेको बल बारको दाहिने छेउबाट बाहिरिन पुग्यो ।

हडर्सफिल्डमाथि स्पष्ट अग्रता लिएको युनाईटेडले दोस्रो गोल ५५ औं मिनेटमा सम्भव बनायो । भर्खरै आर्सनलबाट युनाईटेड गएका अलेक्स सान्चेजको असिष्टमा लुकाकुले व्यक्तिगत दोस्रो गोल थपे । जुन जित सुनिश्चित बन्ने आधार बन्यो । सान्चेजले थ्रो बल छिटो गरी उनलाई पास दिएका थिए । पहिलो हाफमा युनाईटेडले भन्दा हडर्स फिल्डले गोलको लागि मुभ बनाएको थियो । ८९ औं मिनेटमा डानी विलियम्सको क्रस पासलाई स्टेभ मोउनेले पनि अवसरलाई गुमाउँदा हडर्स फिल्ड गोलविहीन हुन पुग्यो । ८४ औं मिनेटमा पनि उस्तै अवसरलाई गुमायो । टम इन्सले दिएको क्रस बललाई अब्देहामिद साबिरीले हानेको हेडिङ बाहिरिएको थियो ।