न्युजिल्याण्डमाथि इग्ल्याण्डको दुईरनको रोमान्चक जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७४ मा प्रकाशित


एजेन्सी—त्रिकोणात्मक टी—२० सिरिजमा आईतबार इग्ल्याण्डले न्युजिल्याण्डमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ । कप्तान इओन मोर्गानले ४६ बलमा ८० रन योगदानमा टस जितेको इग्ल्याण्डले १९४ रनको लक्ष्य न्युजिल्याण्ड सामु पेश गरेको थियो । सात विकेटको क्षतिमा लक्ष्य दिने क्रममा इग्ल्याण्डका डि.जे मालानले पनि अर्धशतक पुरा गरे । उनले ३६ बल खेल्दै ५३ रनमा आउट भए । त्यसपछि रोयले केवल २१ रन बनाई क्रिजबाट निस्किए । बटलर, विलिङ्स, हलेस र जोर्डनले दुई अंकको रन बनाउनबाट चुके । बाउल्टले दुई, साउथीले दुई र सोधी र डि ग्राण्डहोमेले एक विकेट लिए ।

जितको लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड भने १९२ रनमा समेटियो । चार विकेटको क्षतिमा विजयी लक्ष्य पुरा भने अन्तिम ओभरमा पर्याप्त हुन सकेन् । अघिल्लो दिन न्युजिल्याण्डले दिएको २४४ रनको लक्ष्यलाई अष्ट्रलियाले पन्छाएको थियो । टस जितेर फिल्डिङ रोजेको न्युजिल्याण्डले मार्टिन गुप्टिल र मुनरोको उत्कृष्ठ व्याटिङ साझेदारीमा जितको लक्ष्य तर्फ उन्मुख हुदैं गएपनि अन्य व्याट्सम्यानले खासै प्रभावकारी खेलेनन् । ४७ बल खेल्दै गुप्टिलले ६२ रन बनाए । ४ छक्का र ३ चौका हिर्काएका थिए । मुनरोले पनि ७ छक्का र ३ चौका हान्दै इनिङ्समा ५७ रनको योगदान दिए । त्यस्तै च्याम्पप्यानले पनि ३७ रनमा नटआउट रहे । के.एस विलियम्स र टायलोरले केवल ८ र ७ रन खेल्दै पवेलियनको बाटो लिए ।