पेम्बाले जिते एकल उपाधी, भेट्रान्समा कास्कीका रविचन्द्र प्रथम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७४ मा प्रकाशित


काठमाडौं (खेलाडी न्युज) काठमाण्डौका पेम्बा शेर्पाले तेश्रो राजन स्मृती अन्तर मदिरा ब्यवसायी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकल तर्फको उपाधी हात पार्न सफल भएका छन् । नेपाल मदिरा ब्यवसायी महासंघको आयोजनामा भएको च्याम्पियनसिपमा पेम्बाले माउण्ट एभरेष्ट डिष्टिलरीका विनोद पौडेललाई २१−१८, २१−२२ ले पराजित गर्दै उपाधी हात पारेका हुन् । तेश्रो स्थानमा नेपालगंजका धनञ्जय खड्का र दाङ्गका टिकाजंग ओली भए ।
रुस्लानको मुख्य प्रायोजन रहेको च्याम्पियनसिपको पुरुष जोडी तर्फको खेलमा कास्कीका विरेन्द्र कुमार श्रेष्ठ र संजीव बहादुर कोईरालाको जोडीले दाङ्गका टिकाजंग ओली र सुनिल ओलीको जोडीलाई २१−१४, २१−१५ को सोझो सेटम पाखा लगाउंदै स्वर्ण हात पारे । कास्कीका कुमार गुरुङ्ग र रविचन्द्र होना तथा रुपन्देहीका विनोद पौडेल र सुभाष चन्द्र कर्माचार्यको जोडी संयुक्त तेश्रो भए ।

बसुन्धारास्थित बुल्स जिममा भएको च्याम्पियनसिपको भेट्रान्स एकल तर्फ कास्कीका रविचन्द्र होनाले कास्कीकै रितेश बहादुर थापामाथी २१−१८, १४−२१, २१−१८ को जित निकाल्दै विजयी भए । रुपन्देहीका राम प्रसाद गिरी र कास्कीका कुमार गुरुङ्गले कास्य पदक पाए । विजयी खेलाडीहरुले ट्रफी, प्रमाण पत्रका साथै खेल सामाग्री ब्याडमिन्टन ¥याकेटका साथै विभिन्न प्रायोजकबाट प्राप्त गिफ्ट ह्याम्पर प्राप्त गरे । वाहिर जिल्लाबाट सेमिफाईनल प्रवेश गर्ने खेलाडीहरुलाई टोकनको रुपमा नगद तीन हजार पुरस्कार समेत प्रदान गरिएको थियो । विजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष महेन्द्र बहादुर श्रेष्ठ, मुख्य प्रायोजक जावलाखेल ग्रुप अफ ईन्डिष्टिजका चिफ अफ मार्केटिङ्ग प्रविर कुमार नाग लगायतले पुरस्कार वितरण गरेका थिए ।दुई दिने प्रतियोगितामा ४६ खेलाडीहरुको सहभागिता रहेको थियो । photo-file