विश्वकप छनोटको लागि नेपाली टोलीको घोषणा, राजवंशी राष्ट्रिय टोलीमा, भण्डारी बैकल्पिक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ६ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—दुईसातापछि जिम्बावेमा हुने आईसिसी विश्वकप क्रिकेट छनोटको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली नाम सार्वजनिक गरिएको छ । पारस खड्काको कप्तानीमा आईतबार अवेर गरी टोलीको छनोट गरिएको हो । छनोट गरिएको नेपाली टोलीमा ललितनारायण राजवंशी नयाँ अनुहार हुन् । विनोद भण्डारी भने बैकल्पिक खेलाडीको रुपमा छन् । उनी नामिवियामा भएको लिग डिभिजन २ मा भने नेपाली टोलीमा परेका थिएनन् । उप कप्तान ज्ञानेन्द्र मल्ललाई सुम्पिएको छ । आईसिसीका प्रतिनिधि इमिनुल अस्लामको उपस्थितिमा मुख्य प्रशिक्षक जगत टमता तथा कप्तान पारस खड्काको समन्वयमा छनोट गरिएको टोलीमा बसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शा, रोहित कुमार पौडेल छन् । बैकल्पिकमा सुनिल धमला, किशोर महतो, सिदार्थ लोहनी छन् ।

नेपाली व्याट्सम्यानको खासै प्रभावकारी प्रदर्शन भने डिभिजन २ मा देखिएन् । ओपनिङ व्याट्सम्यान सस्तैमा आउट भएपछि मध्यक्रमका व्याट्सम्यानलाई निकै दबाव हुदैं आएको छ । यद्यपी मध्यक्रमले इनिङ सम्हाल्दै लगेका छन् । हुन त अन्तिम व्याट्सम्यानको रुपमा मैदान रहेको करण केसीले समेत विष्फोटक व्याटिङ गर्दै क्यानडा विरुद्ध शसक्त तर रोमाञ्चक जित निकाल्दै डिभिजन १ मा उक्लियो । विश्वकप छनोटमा समेत नेपालले उपस्थिति जनाउने अवसर पायो ।

नेपालले छनोटमा जिम्बावे, स्कटल्याण्ड, अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गर्ने छ । अफगानिस्तान र हङकङ बाहेक नेपालको लागि देश जिम्बावे र स्कटल्याण्ड क्रिकेटको लागि भने नयाँ हुने छन् । विश्वकपमा दश देशले सहभागिता जनाउने छन् । आठ टेष्ट राष्ट्र र बाँकी २ देश भने छनोट हुदैं विश्वकप २०१९ मा सहभागिता जनाउने छन् । नेपाल समूह बीमा परेको छ । समूह ए र समूह बीको विजेताले मात्रै विश्वकपमा स्थान बनाउने छ ।

नेपालले आउँदो फेब्रुअरी २७ मा युएईसँग वार्मअप खेल खेल्ने छ । छनोटको पहिलो खेल नेपालले मार्च ४ मा जिम्बावेसँग खेल्ने छ । सन १९८३ मा जिम्बावेले पहिलो पटक विश्वकप खेलेको थियो । वल्र्डकप क्वालिफायरमा तीन पटक च्याम्पियन बनेको छ । सन १९८२ मा पहिलो, १९८६ र १९९० मा तीन पटक क्वालिफायर च्याम्पियन बनेको इतिहास छ । नेपाल स्कटल्याण्डसँग ८ मार्चमा प्रतिस्पर्धा गर्ने छ । स्कटल्याण्ड पनि विश्वकपको अनुभवी टोली हो । स्कटल्याण्डले सन १९९९ मा वल्र्डकप खेलेको छ । पाँच पटक विश्वकप छनोटमा सहभागिता जनाई सन २००५ र २०१४ मा छनोट च्याम्पियन समेत भईसकेको छ । १९९४ मा आईसिसीको स्कटल्याण्डलाई एकदिवसीय बरियता र टी —२० को स्टाटस पाएको थियो । ७ मे १८४९ मा इग्ल्याण्ड ११ सँग पहिलो अन्तराष्ट्रिय खेल समेत खेलेको थियो । स्कटल्याण्ड पनि नेपाली टोलीको लागि नयाँ हुने छ ।

नेपालले अर्को खेल अफगानिस्तानसँग मार्च १० मा खेल्ने छ । अफगानिस्तान क्रिकेटको एकदिवसिय बरियतामा ११ औं स्थानमा छ । टी—२० को बरियता भने नवौंमा रहेको छ । नेपाल र अफगानिस्तान बीच एकापसी परिचित प्रतिस्पर्धी हुन् । नेपालले २०१४ मा अफगानिस्तानलाई टी—२०मा पराजित गरेको थियो । नेपालले दिएको १४१ रनको लक्ष्यलाई अफगानिस्तान १३२ रनमा समेट्दै ९ रनले जितेको थियो । केन्यालाई पराजित गर्दै २०१५ को क्रिकेट विश्वकपमा छनोट भएको हो । २०१५ को विश्वकपमा अफगानिस्तानले स्कटल्याण्डलाई एक विकेटले पराजित गरेको थियो ।

नेपालले विश्वकपको अन्तिम छनोट खेल मार्च १२ मा हङकङसँग खेल्ने छ । नेपाल र हङकङ बीच धेरै पटक आमने सामने भईसकेका छन् । २०१० को एशियन गेम्समा नेपाल ३० रनले पराजित भएको थियो । २०११ को एसिसी टी—२० क्रिकेटमा नेपालले हङकङलाई २ विकेटले पराजित गरेको थियो । photo- file