करण केसीद्वारा सेनलाई म्यान अफ दि म्याचको पुरस्कार प्रदान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—चार ओभर तीन मेडन केवल तीन रन र चार विकेट । म्यान अफ दि म्याच समीर सेनले तेस्रो एक्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा उत्कृष्ठ प्रदर्शन गरेपछि कुमुदिनी होम्सले अमरसिंह माविलाई ६६ रनले पराजित गरेको छ । यू—१६ राष्ट्रिय क्रिकेट टोलीका सदस्य सेनले अमरसिंहको व्याटिङलाईन ध्वस्त पारेपछि अमरसिंह ११७ रनको लक्ष्य पछ्याईरहँदा केवल ५० रनमा समेटिएको थियो । सुमित जि.टीले पनि ३ विकेट लिदैं अमरसिंहलाई पुरै दबावमा राखे । पोखरा रंगशालाको क्रिकेट मैदानमा आयोजित प्रतियोगितामा अमरसिंहले केवल १४ओभर १ बल मात्रै खेल्दै ५० रन जोड्दा उज्वल बरालले दोहोरो अंकको १० रन बाहेक अन्य व्याट्सम्यानले एकोहोरो अंकको मात्रै रन जोडे ।

टस जितेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले पाँच विकेटको क्षतिमा ११६ रन बनाएको थियो । शाहिल कार्कीले ३० रनको योगदान महत्वपूर्ण रह्यो । ईशान श्रेष्ठले २४ र मुस्कान थापाले भने २५ रनको योगदान दिएका थिए । दिपेश खड्काले दुई विकेट लिए । यु—१६ का राष्ट्रिय खेलाडी समीर सेनलाई नेपाली राष्ट्रिय क्रिकेटका टोलीका सदस्य करण केसीले म्यान अफ दि म्याचको पदक लगाई दिए । पक्सपर्टले पोखरामा गतवर्ष विद्यालयस्तरीय टी—२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा गण्डकी आवासिय विद्यालय, ग्यालेक्सी उच्चमावि, स्याङजा उच्चमावि, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय,सत्यवती उच्चमाविको सहभागिता रहेको छ ।