प्रजातन्त्र दिवसमा फरक क्षमता भएका व्यक्तिहरुको प्रतिस्पर्धा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—प्रजातन्त्र दिवस । सोमबार पोखरा रंगशालामा केही रौनकता छायो । विहानैदेखि विभिन्न खेलसँग सम्बन्धीत खेलाडी मैदानमा थिए । म्याराथन धावक दौडिएर पोखरा रंगशालाबाहिर निस्किए । त्यसपछि ट्रयाकमा फरक क्षमता भएका व्यक्तित्वले आफनो खेल क्षमता प्रदर्शन गरे । नेपाल भुतपुर्व खेलाडी मन्चले त्यसको आयोजना र व्यवस्थापन गरेको थियो ।

सफल पोखरा म्याराथनसँगै चार सय मिटर पुरुष ह्वीलचियर प्रतियोगिता आयोजना गरियो । एक सय मिटरमा महिला ह्वील प्रतिस्पर्धा गरे । एक सय मिटरमा दृष्टिविहीनले पनि आफनो उपस्थिति जनाए । एकैपटकमा फरक क्षमता भएका व्यक्तिहरुको प्रतिस्पर्धासँगै सांगितीक कार्यक्रम गर्दै प्रजातन्त्र दिवस मनाईयो । ४ सय मिटर पुरुष ह्विल चियर दौडमा शुरेस गौली प्रथम, भरत अधिकारी द्वितिय र बल बहादुर रोक्का तृतिय भए । यसै महिला तर्फ एकसय मिटर ह्वील चियर तर्फ लक्ष्मी सुनार, अन्जु बराल र पुनम बिके क्रमश प्रथम, द्वितिय र तृतिय भए । उनीहरुले क्रमश ५, ३ र २ हजार नगद पाए । १ सय मिटरदृष्टिविहीन पुरुष तर्फ दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमश, प्रथम द्वितिय र तृतिय भएका छन भने महिला तर्फ मायाँ गौतम, बिपना खनाल र मुना अर्याल क्रमश प्रथम द्वितिय र तृतिय हुँदै नगद क्रमश ५, ३ र २ हजार प्राप्त गरेका छन ।

प्रतियोगितामा बिजयी खेलाडीलाई प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान, प्रतियोगिताका प्रमुख प्रायोजक संस्था लक्ष्मी हाउस ग््रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सहारा युकेका सल्लाहाकार महेश गुरुङ, दिलराज गुरुङ, सिइओ धनु थकाली, राखेपका विभागिय प्रमुख बाशु देव आचार्य, एडुभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे, मन्चका अध्यक्ष तेजबहादुर गुरुङ लगाएतले खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगर पालिका रहेको थियो भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका थिए