पोखरा क्रिकेट क्लबले गर्यो करणलाई सम्मान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७४ मा प्रकाशित


पोखरा,(खेलाडी न्युज)—समय निकै कम छ । क्याम्पको लागि फर्किने समय आईसकेको छ । दुईदिनपछि क्याम्पमा फर्किनुपर्ने बाध्यता छ । दुई दिन मात्रै फुर्सद निकालेर पोखरा आएका करण केसी जन्म थलो बाग्लुङ समेत जान भ्याएका छैनन् । पोखरा आए लगत्तै पोखरेली क्रिकेट प्रेमीले स्वागत गर्दै नगर परिक्रमा गराए । सोमबार उनलाई पोखराकै जेठो पोखरा क्रिकेट क्लबले सम्मान गरेको छ ।

जिम्बावेमा हुने आईसिसी विश्वकप छनोट खेलको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भईसकेको छ । छोटो समयमै प्रशिक्षण लिई जिम्बावे जानुपर्ने छ । क्याम्पमा फर्किनु अघि करणले पोखरामा आफनै क्रिकेट एकेडेमीलाई समय दिन भ्याएका छैनन् । कार्यव्यस्ता बढेको छ । पोखराबाट क्रिकेटमा आफनो करियरको उचाईमा पु¥याएका करणलाई पोखरा क्रिकेट क्लबले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरेको छ । सम्मानले उनलाई अझ बोझिलो बनाईदिएको छ । सम्मानले प्रेरणा र उत्साह थपिदिएको उनको प्रतिक्रिया थियो । २०५१ सालमा स्थापित पोखरा क्रिकेट क्लब खेलाडीलाई सम्मान गरेको यो सम्भवत पहिलो हो ।

विश्वकप छनोटमा पु¥याउन करणको महत्वपूर्ण एवं अविश्वसनीय र अदभूत प्रदर्शन रह्यो । क्यानडासँगको प्रदर्शनलाई क्रिकेट प्रेमीले भने भुल्नै छैनन् । क्यानडाले दिएको १९५ रनको लक्ष्य दिएको थियो । नेपालले आईसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा सबैभन्दा फराकिलो लक्ष्यलाई अन्तिम बलमा पुरा गर्दा क्यानडा चार खेलसम्म शीर्षस्थानमा रहेपनि अन्तिममा पीडादायी हुदैं डिभिजन टु मै अल्झियो । लक्ष्य पुरा गर्ने क्रममा उनले नटआउट ४२ रन हिर्काउँदै जितको लक्ष्य पुरा गरिदिए । उनलाई सन्दीप लामिछानेले अन्तिमसम्म साथ दिए । करणले ३१ बलमा ३ चौका र ४ छक्का हिर्कए । अन्तिम ओभरमा जितको लागि आठ रनको खाँचो थियो । चार बल डट खेले । पाँचौ बलमा बलमा करणले छक्का हिर्काए । एक बलमा दुई रनको खाँचो । बल वाईड फाले । एक बलमा एक रनको आवश्यक थियो । अन्तिम बलमा रन लिदैं क्यानडाले दिएको १९५ रनको लक्ष्यलई १ विकेट बाँकी रहदाँ पुरा ग¥यो ।

१९९६ बाट अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले २२ वर्षपछि माथिल्लो तहको क्रिकेट खेल्ने सम्भव बनायो । जसको श्रेय करण केसीलाई जान्छ । उनै करणलाई पोखरा क्रिकेट क्लबले सोमबार साँझ सम्मान गर्दै जिम्बावेमा हुने विश्वकप छनोटमा पनि उत्कृष्ठ प्रदर्शन गर्न शुभकामना दिए । क्लबका अध्यक्ष निकेश श्रेष्ठ, उपाध्यक्ष चन्द्रकुमार गुरुङ(जिम्मी), सदस्य कृष्णबहादुर चन्द लगायतले खादा तथा सम्मानपत्रप्रदान गरेका थिए । तस्वीर सौन्जय रिकेश गुप्ता