च्याम्पियन्स लिग, बार्सिलोना विरुद्ध चेल्सी, इनियष्टासँग सचेत रहन फेब्रिगासको आग्रह

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ७ गते २०७४ मा प्रकाशित


एजेन्सी—चेल्सीले च्याम्पियन्स लिगको प्रिक्र्वाटर फाईनल प्रवेशको लागि बार्सिलोनासँग पहिलो लेग बुधबार बिहान खेल्ने छ । पहिलो लेगमा चेल्सीले स्टामफोर्डमा बार्सिलोनालाई स्वागत गर्ने छ भने दोस्रो लेगमा चेल्सीलाई नेउ क्याम्पमा बार्सिलोनाले स्वागत गर्ने छ ।

चेल्सी र बार्सिलोना च्याम्पियन्स लिग खेलिरहदाँ एकै देशका दुई मिडफिल्डर एकापसका प्रतिस्पर्धी हुने छन् । सेस फेब्रिगास र आन्द्रे इनियष्टा । उमेरले पाको बन्दै गएका इनियष्टाको खेलप्रति सेस फेब्रिगासले होसियार हुनुपर्ने बताएका छन् । उनले उमेरले खासै प्रभाव नगर्ने भन्दै इनियष्टाको भलादमी खेल चेल्सीको लागि खतरायुक्त हुन सक्ने संकेत गरेका छन् । ‘उमेरले खासै प्रभाव राख्दैन् । तर उनको खेल चेल्सीको लागि खतरायुक्त हुन सक्छ । क्लबको लागि १२३ क्याप जितिसकेका छन् ।’ खेल पुर्व सेस फेब्रिगासले भने—‘मिडफिल्डमा उनको प्रभाव चेल्सीमाथि हावी हुन सक्छ ।’

स्पेनको टोलीबाट फेब्रिगास र इनियष्टासँगै खेल्थे । तर फरक केवल तीन वर्षको मात्रै छ । इनियष्टा बार्सिलोनामै छन् । दुवै बार्सिलोनाको एकेडेमीका उत्पादन हुन् । ‘म भन्दा केवल तीन वर्ष जेठा छन् ।’ फेब्रिगासले भने—‘हामीले स्पेनको यु २१ सँगै खेल्यौं । म १८ वर्षको हुदाँ सँगै खेलेका थियौं । मैले उनलाई आईडलको रुपमा हेरेको छैन् किनकि हामी सधैं सँगै खेल्थ्यौं ।’ उनले सन २०१० मा आर्सनलमा रहदाँ बार्सिलोना विरुद्ध च्याम्पियन्स लिगमा पेनाल्टी गोल गर्दैए २—२ बराबरीमा रोकेका थिए ।