फा कपमा विगानसँग सिटी स्तब्ध

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७४ मा प्रकाशित


एजेन्सी—इग्लिस प्रिमियर लिग लिडर म्यानचेष्टर सिटी भने तेस्रो डिभिजनको विगानसँग पराजित हुदाँ फा कपमा दोस्रो हाफ केवल दशजनामा सीमित हुदैं खेल टुग्यायो ।

पहिलो हाफको अतिरिक्त समयमा फावियन डेल्फले रातो कार्ड खाँदै बाहिरिएपछि सिटीले दवाबमा खेल्नु प¥यो । दोस्रो हाफ पूर्ण रुपमा एक खेलाडीको अभाव झेलिरहेको सिटी ७९ मिनेटमा स्तब्ध भयो । कालुन एल्डरले दिएको छिटो पासलाई विगानका विलियम ग्रिगले बारको दायाँकुना च्याप्दै गोल गरेपछि तेस्रो डिभिजनको विगानले सिटीमाथि दवाब सृजना ग¥यो । जुन गोल निर्णायक बन्यो । रोमाञ्चक जित निकाल्दै फा कपको पाँचौ चरणमा अफनो उपस्थितिलाई प्रभावकारीको देखायो ।

फावियन डेल्फले दोस्रो पटक फउल गरेपछि रातो कार्ड खान पुगे । उनले म्याक्स पावरलाई फउल गरेपछि रेफ्रीले उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । खेलको ४५ औं मिनेटमा सिटीका डानिलोले हानेको बल विगानको पोष्टभन्दा बाहिरबाट बाहिरियो । उनलाई फर्नान्डिन्होले उपलब्ध गराईदिएका थिए । २९ औं मिनेटमा पनि फर्नान्डिन्होले जोन स्टोन्सको पासलाई पनि सदुपयोग गर्न सकेनन् । उनको प्रहार सिधै बारको माथिबाट बाहिरियो । सिटीले एक पछि अर्को गोल गोलको अवसर सृजना गर्ने खोजेपनि सम्भव भने भएन् । ७३ औं मिनेटमा सिटीका स्ट्राइकर सर्जियो अगुईरोको प्रहार पनि खेर गयो । केभिन डि ब्रुनेले दिएको पासलाई अगुईरो हानेका बल सिक्सयार्ड बक्सभित्र बचाउ भयो ।