फुटबलर रोनाल्डिन्होको संगीतप्रति लगाव, संगीत एकेडेमी खोल्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७४ मा प्रकाशित


एजेन्सी—विश्व फुटबलबाट सन्यास लिएका ब्राजिलियन फुटबलर रोनाल्डिन्होले फुटबल एकेडेमी शुरु गरेका छन् । फुटबल एकेडेमी मात्रै नभई उनले संगीत प्रति समेत अभिरुचि देखाउँदै विशेष ध्यान दिने बताएका छन् । तर उनले आफनो तेस्रो योजनालाई भने सार्वजनिक गरेका छैनन् ।

उनले आफनो सामाजिक सञ्जालमा पोष्ट गर्दै आफनो दुई योजना सार्वजनिक गरेका हुन् । यद्यपी तेस्रो योजनाको लागि काम गरिरहेकोले खुलासा नगरेको जनाएका छन् । उनले आफनो फुटबल एकेडेमीलाई विश्व भर फैलाउने योजना समेत रहेको खुलासा गरेका छन् । उनले आफु संगीत प्रति एकदमै लगाव रहेको जनाउँदै संगीतलाई पनि प्राथमिकता दिएका छन् । उनले संगीत एकेडेमी पनि सञ्चालनको तयारीमा जुटेका छन् । सन १९९८ मा ब्राजिल क्लब ग्रेमियोबाट फुटबल करियर शुरु गरेको रोनाल्डिन्हो फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको बार्सिलोनाबाट खेल्दै खेल जीवनबाट सन्यास लिएका हुन् । उनले ब्राजिलको लागि विश्वकप, क्लबको लागि च्याम्पियन्स लिग जितेका छन् भने उनी फिफ वल्र्ड प्लेयर अफ दि ईयरबाट सम्मानित भएका छन् ।