अन्तराष्ट्रिय खेल घटाउन वार्नरको सुझाव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ८ गते २०७४ मा प्रकाशित


मेलवर्न(एजेन्सी)—अष्ट्रेलियन व्याट्सम्यान डेविड वार्नरले क्रिकेटको अन्तराष्ट्रिय खेल संख्यामा घटाउनुपर्ने बताएका छन् । निरन्तर प्रतियोगिताले अष्ट्रेलियन क्रिकेटलाई धपडी बढ्दै गएकोले मानसिक असर परेको गुनासो गर्दै उनले अधिक संख्यामा हुने अन्तराष्ट्रिय खेल कम गर्नुपर्ने आवाज उठाए । ‘अन्तराष्ट्रिय खेल धेरै भएका छन् । खेलाडीहरुमा धपडी बढेको छ । आराम गर्नै पाएका छैनन् ।’ क्रिकेट डटकम डट एयुले उनको भनाई उद्धृत गर्दै भन्यो—‘नियमित खेल्दा खेलाडी शारीरिक रुपमा मात्रै थाक्दैनन् । मानसिक रुपमा पनि थकित छन् । आराम नहुदाँ खेलाडीको उच्च प्रदर्शनको आशा गर्न सकिदैन् ।’

निरन्तर खेलले खेलाडीहरु थकित हुदैं गएकोप्रति चिन्दा व्यक्त गरे । अष्ट्रेलिया अहिले न्युजिल्याण्ड र इग्ल्याण्डसँगको त्रिकोणात्मक टी—२० सिरिजमा व्यस्त छ । वार्नरले इग्ल्याण्डको उदाहरण दिदैं केवल चार खेलाडी टेष्ट एवं वान डे दुई सिरिजमा खेलेका बताउँदै त्यहाँ केवल क्रिस वोक्स मात्रै बलर थिए अरु कोही नभएको जिकिर गरे । यसबाट हामीलाई फाईदा हुन सक्छ तर खेलाडीको मानसिक थकानमा छन् । ‘टी—२० मा खेलाडीले उच्च प्रदर्शन गरेको भन्दै वार्नरले हरेक खेलाडीको व्यक्तिगत निर्णय के हुन्छ भने खेल्न इच्छुक हुन्छ तर थकानले प्रदर्शन राम्रो हुन सक्दैन ।’ उनको भनाई थियो । अष्ट्रेलियाले मार्च १ देखि दक्षिण अफ्रिकाको भ्रमणमा निस्कदै पहिलो टेष्ट म्याच खेल्ने छ । अष्ट्रेलियाले आज साँझ मा टी—२० को त्रिकोणात्मक सिरिजको फाईनलमा न्युजिल्याण्डको सामना गर्ने छ ।